आगलगाीबाट सिन्धुलीमा ५ घर जले

 सोमवार, बैशाख १०, २०८१ | onlinenews

 

सिन्धुली- सुनकोसी गाउँपालिका–४ को फलाटघारी वनमा लागेको आगो घरमा सल्किएर ५ घर जलेर नष्ट भएको छ । आगलागिमा परी भक्तबहादुर श्रेष्ठको ४ वटा घर र कृष्णबहादुर श्रेष्ठको १ घर जलेर नष्ट भएको हो । आगलागीमा परी घरमा भएको अन्नपात, लत्ताकपडा, बाख्रा र कुखुरा जलेको र क्षतिको बताइएको छ । यो समाचार तयार हुँदा क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको थियो । स्थानीय र रातमाटे प्रहरी चौकीबाट खटी गएको प्रहरी मिलेर आगो नियन्त्रण गर्ने प्रयास भएपनि आगो अझै नियन्त्रणमा नआएको सुनकोसी गाउँपालिका–४ का वडा अध्यक्ष यमबहादुर जर्घा मगरले जानकारी दिए ।

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *