कवि अविका थापाको ‘आमा’ कविताङ्ग्रह विमोचन

 सोमवार, अशोज ११, २०७८ | onlinenews

प्रकाश न्यौपाने


रामेछाप । नवोदित कवि अविका थापा मगरद्वारा लिखित ‘आमा’ कविता सङ्ग्रहको एक कार्यक्रमका बीच ज्योति माध्यमिक विद्यालय, गाल्वामा विमोचन गरिएको छ ।
सुनापति गाउँपालिका वडा नं.–२ का वडा अध्यक्ष कमल केसीको प्रमुख आतित्थता, खाँडादेवी गाउँपालिका वडा नं.–७ का वडा अध्यक्ष असल तामाड, कवि तथा निबन्धकार पेशल आचार्य, कृष्णवर्णेश्वर मावि, मानपुरका प्रधानाध्यापक ङेमा लामा, नेकपा एमाले सुनापति गाउँपालिका सचिव मोतिराल तामाङ, ज्योति मावि, गाल्वाका प्रअ प्रेमकुमार श्रेष्ठ लगायतका अतिथि वक्ताहरूले कवि अविका थापाको आगामी कविता यात्राको सफलताको कामना ब्यक्त गरेका थिए ।


सो कार्यक्रममा प्रअ प्रेमकुमार श्रेष्ठ, प्रअ ङेमा लामा लगायतका वक्ताहरूले नवोदित कविको प्रतिभालाई सम्मान गर्नका लागि उनका कृतिहरू किनेर पढ्नु पर्ने धारणा राखे ।
सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सुनापति गाउँपालिका वडा नं.–२ का वडा अध्यक्ष कमल केसीले पालिका स्तरबाट उनको किताब खरिद गरेर प्रत्येक स्कुल स्कुलमा पु¥याउनु पर्ने धारणा राख्दै कृति प्रकाशनमा लागेको सम्पूर्ण रकम वडा कार्यालयले व्यहोर्ने वचन दिएका छन् ।
सो कार्यक्रमकै अतिथि मध्येका अर्का वक्ता पेशल आचार्यले कवि थापा मगरको आगामी लेखन यात्रा सफल हुनेमा आफू विश्वस्त रहेको बताउँदै कविलाई लेखनमा थप ऊर्जा होस् भनेर आचार्यले आफूले लेखेका कथा, कविता, र निबन्ध सहितका कृति र विभिन्न लेखकहरूका करिब ३००० रुपैयाँ बराबरका १० थान पुस्तकहरू उपहारस्वरुप प्रदान गरेका छन् ।
सो पुस्तक विमोचन कार्यक्रम ज्योति माविका विव्यस अध्यक्ष कर्णबहादुर तामाङ्को अध्यक्षतामा सम्पन्न भएको थियो ।


स्मरणीय छ, निज अविका थापा मगरका आमा बुवाको केही वर्ष अन्तरालमा मृत्यु भैसकेको छ । कवि थापाले आफ्नो जन्मदिने आमाको गहिरो सम्झनामा विभिन्न उप शीर्षकहरू राखेर ‘आमा’ नामक पुस्तक प्रकाशन गरेकी हुन् ।
नवोदित कविले सो समारोहमा आफूले विद्यालय, शिक्षकहरू र स्थानीय जनप्रतिनिधिहरूबाट भविष्यमा अझ सक्दो सहयोग पाएमा अर्को पुस्तक प्रकाशित गर्ने लक्ष्य राखेको कुरा बताइन् ।
सो कार्यक्रमा ज्योति मावि गाल्वाका शिक्षक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । पुस्तक इन्द्रेणी प्रिन्टिङ् प्रेस, मन्थलीबाट एक हजार प्रति प्रकाशित गरिएको हो ।
पकेट बुक साइजमा निस्केको सो पुस्तक आकर्षक साजसज्जामा प्रकाशित रहेको छ ।

प्रतिकृया

Add