कमरेड छिटो आऊ !

 शुक्रबार, मंसिर ३, २०७८ | onlinenews

तिलक कार्की, रामेछाप


उस बेला उत्तेजना, भावावेशमा आएर भन्यौ
अवसरबाद, गुटबाद, अहंकारबाद र व्यक्तिबाद
थप्दै गयौ
तानाशाह, सर्वसत्ताबाद र निरंकुसबाद
यसका मतियार अनि तर खान पल्केका लठैतहरु,
भन्दै सत्तोसराप गर्यौ ।
छुद्र बोली, अहंकार, घमण्ड, व्यक्तिवादी चरित्रको
भण्डाफोर गर्छु भन्यौ,
जाली, झेली र बेइमानीको उपमा दियौ,
गाली वेइज्जति अनि होहल्ला खुब गर्यौ,
आखिर तिम्रो हैसियत थाहा थियो तै पनि पत्यायौँ ।

 

सुधार गर्ने, अन्तसंघर्ष गरी शुद्धिकरण गर्ने भनी
लाचार भएर लिप्सो लागेको देख्दा ताजुक लागिरहेछ ।
निम्छरो भइ इच्च गर्न लाज लाग्दैन ?
छि ! छि !! दूरदूरको भाषा कसरी पचाउन सकेको कमरेड ?
घोचपेच, ठोकठाक कति सहेर बसेको ?
वात त सहि सक्यौ
मौका मिल्दा लात खान सक्छौ ।

 

दिग्भ्रमित भइ औपचारिक, सैद्धान्तिक, वैचारिक लडाइको
बाहानामा नबस कमरेड !
विद्रोहको ज्वारभाटा मन भरी बोकेर
आफ्नै शरीरमा शत्रुता बोकी
मानसिक प्रताडना बोकी
त्यही चिन्ह, त्यही पार्टी भनी नबस
अझै लम्वाइ खोज्ने प्रयत्न नगर
गहिराइ विर्सदै नजाउ
विद्रोहको झण्डा चाँडो उठाउ
आउ कमरेड ! यात्रा धेरै अघि बढी सक्यो
घरको न घाटको अवस्था होला
चेतको ढोका छिटो खोल
दिवासप्नाको सागरमा नभुल
आउ, अझै समय बाँकी छ
यात्रामा साथ छ
तिम्रा बाँकी बचेका गुमनाम आशाहरुले
अझ पछि पर्ने छौ
आउ ढिला नगर
हामी पर्खि बसे छौं
आउ कमरेड छिटो आउ, सँगै जाऔं ।

प्रतिकृया

Add