हामी फुटेका होइनौँ, विद्रोह गरेका हौँ: देवशङ्कर पौडेल

 आइतवार, पुस १८, २०७८ | onlinenews

 पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी लिनुभएको छ ?
पछिल्लो राष्ट्रिय राजनीतिमा जुनखालको गतिविधि देखिएको छ, त्यसमा नेकपा एमालेले आपूm सरकारबाट बाहिरिनु पर्दाको पीडा पोखिरहेको छ । संसद अवरुद्ध गर्नु, सरकार विरुद्ध गतिविधि गर्नु सबै सरकारबाट बाहिरिनु पर्दाको पीडा पोखेको हो । एमालेका नेताहरु उत्तेजित भएर बालहठमा लागिरहनु भएको छ । तर, सरकारबाट बाहिरिनुको कारण त उहाँहरु नै हो नि । २ पटक संसद विघटन गर्नुभयो । आपूmभित्रको कमीकमजोरी बिर्सेर अन्तैतिर आक्रोश पोखिरहनु भएको छ ।
 विभाजनमै जानुका पछाडिका मुख्य कारणलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
अहिलेमात्रै होइन, धेरै पहिलेदेखि पार्टीभित्र धेरैवटा ‘नोटअफ डिसेन्ट’ भएका थिए । त्यो त बाहिर आएकै छैन । पार्टीभित्र के के भएका थिए भन्ने कुरा त हिजोका नोटअफ डिसेन्टहरुले पनि बताउँछन् । केपी ओलीले आफ्नो गुटलाई काखी च्यापेर, पार्टीको सिद्धान्त, विचार र कम्युनिष्ट चरित्रको कुरा गर्ने सबैलाई पेल्दै जानुभयो । सबैलाई थाहा छ नि बागमती प्रदेशमा मुख्यमन्त्री कसरी बनाइएको थियो ? १ नं. प्रदेशमा के भएको थियो ? यी सबै कुराले केपी ओलीको नियतलाई प्रष्ट पारेको छ ।
अहिलेको सत्ता–गठबन्धनको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ? गठवन्धन कहिलेसम्म टिक्छ जस्तो लाग्छ ?
सत्ता गठबन्धनको कारण बाहिर आइसकेको छ । सत्ता गठबन्धन गर्नुको मूल कुरा तानाशाही प्रवृत्तिको अन्त्य गर्नु हो । नेपालीले लडेर ल्याएको राजनीतिक र सामाजिक उपलब्धी संस्थागत गर्नु हो । त्यसकारण यो गठबन्धन चुनाव र त्यसपछिसम्म पनि कायम रहनुपर्छ ।
रामेछापमा नेकपा एसको अवस्था कस्तो छ ? कमिटी के–कति बने ?
जिल्ला कमिटीले पूर्णता पाइसकेको छ । हामी अहिले वडा कमिटी गठन गरिरहेका छौँ । सङ्गठन विस्तारको क्रम लगातार चलिरहेको छ । मङ्सिर १५ सम्म सबै कमिटी गठन गरिसक्ने पार्टी निर्णय छ । तोकिएको मितिमा काम सकिएन भने पुनः समय थपेर सङ्गठन विस्तारको काममा लाग्छौँ । रामेछापमा हामी कमजोर हौँला जस्तो लागेको थियो तर उत्साहजनक अवस्था छ । अन्य पार्टी छोडेर हाम्रो पार्टीमा आउनेहरु धेरै हुनुहुन्छ । एमालेबाट नेकपा एसमा धेरै साथीहरु आउनुभएको छ ।
रामेछापेलीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
नागरिकमा पार्टी फुट्यो भन्ने भ्रम रहेछ । तर, पार्टी फुटेको होइन, हामीले विद्रोह गरेका हौँ । कम्युनिष्ट पार्टी भएर कम्युनिष्टको जस्तो चरित्र नगर्ने, अनेक प्रयास गर्दा पनि नसुध्रिने प्रवृत्तिका विरुद्ध हामीले विद्रोह गरेका हौँ । पार्टीलाई ठीक बाटोमा हिँडाउन भएको विद्रोह हो यो । हामीले आपूmलाई समाजवादी भनेर नामकरण गरेका छौँ । हाम्रो संविधानले पनि समाजवादकै बाटो लिएको छ । संविधानले देखाएको समाजवादी बाटोलाई स्थापित गर्न हामी लागिरहेका छौँ । जनतालाई त्यही कुरा भनिरहेका छौं ।
विद्रोह गरेको भन्नुभयो, एमालेले चोइटिएको बताइरहेको छ त ?
त्यो एमालेको अहङ्कार हो । त्यही अहङ्कारले पार्टी यहाँ आइपुगेको हो । अहङ्कारबाट उहाँहरु तल झर्नु भएकै छैन । उहाँहरुलाई आपूmले गरेको सबै चिज ठीक हो भन्ने भ्रम रहेको छ । भ्रममा रहुञ्जेले त्यसो भन्नु हुन्छ, भ्रमबाट मुक्त भएको दिन उहाँहरु आफै साइजमा आउनु हुन्छ ।
नेकपा एसलाई बत्ती बालेर खोज्नुपर्छ भन्ने एमालेको भनाइप्रति के टिप्पणी छ ?
रामेछापमा नेकपा एसलाई बत्ति बालेर खोज्नुपर्छ भन्ने नै भ्रमपूर्ण छ । त्यो घटिया प्रवृत्ति हो । रतन्धो भएका र आँखा कमजोर भएकाहरुले मात्र त्यो भनेका होलान् । आँखा देख्ने मान्छेले हामी जहाँ पुगेको छौँ, त्यहाँ उल्लेख्य उपस्थितिमा सङ्गठन विस्तार गर्र्दै सशक्त टिम बनाएको पनि देख्नुपर्ने हो । एकीकृत समाजवादी पार्टीलाई कमजोर देख्नु भनेको दृष्टिभ्रम हो । रामेछापमा नेकपा एस नदेख्नेहरुलाई म आँखा जचाएर पावरवाला चस्मा लगाउन सुझाव दिन चाहन्छु ।
अन्त्यमा रामेछापवासीलाई के भन्नु हुन्छ ?
हिजो हामीले धेरै दुःख गरेर निरङ्कुशतावादी शक्तिलाई परास्त गर्यौँ । राजाको छात्रछायाँको पञ्चायती ब्यवस्थालाई परास्त गर्यौँ । जीवन–मरणको संघर्षबाट हजारौँ नागरिकको बलिदानबाट यो ब्यवस्था ल्याएका हौँ । तानाशाही व्यवस्थाको भूत फेरि पनि आएजस्तो भयो । हिजो सेतो खालको तानाशाही भन्थ्यो, अहिले रातोखालको तानाशाही आयो । रातो तानाशाहीको विरुद्धमा फेरि लड्नुपर्ने भएको छ । हिजो हामीले पार्टी र सिद्धान्तको कुरा गर्यौँ , रातो तानाशाहका बारेमा नागरिकलाई बुझाउन सकेनौँ । त्यही भएर आज हिटलरशैलीमा अगाडि आयो । हामी सुनिरहेका छौँ, नवधनाढ्यहरुले क्रान्तिकारी पार्टी जन्माउने रे । एकथरि बोल्ने तर अर्को गर्ने काम भइरहेको छ । त्यस्तालाई रामेछापका नागरिकले चिन्नुपर्छ । कम्युष्टिको नाममा जन्मिएको हिटलरी प्रवृत्ति परास्त गरी राजीतिक, वैचारिक र सैद्धान्तिक कम्युनिष्ट पार्टी निर्माण गर्न हामी एकजुट हुनुपर्छ, यही म रामेछापेली नागरिकलाई भन्न चाहान्छु ।

प्रतिकृया

Add