भन्सार छलिको आशंकामा ट्रक र ट्याक्टर नियन्त्रणमा

 सोमवार, फाल्गुन ८, २०७९ | onlinenews

वीरगञ्ज– भन्सार छलेर समान ल्याएको आशंकामा प्रहरीले वीरगञ्जबाट ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित सडकखण्डबाट ना ५ ख ५४९४ ट्याक्टर र ना ३ ख १०२४ नम्बरको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । बिल विजक भन्दा बढी सामान बोकेको ट्रक र ट्याक्टर वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको सूचनाको आधारमा नियन्त्रणमा लिइएो जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । फागुन ५ गते नियन्त्रणमा लिएको सामान सहितको ट्रक र ट्याक्टर सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान सहितको ट्रक र ट्याक्टरको मूल्य अन्दाजी ९२ लाख ४८ हजार ८ सय २२ कायम गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add