खाँडादेवी ६ सार्वजनिक सुनुवाइ

 आइतवार, जेष्ठ २८, २०८० | onlinenews

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका–६ ले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारीता बारे सार्वजनिक सुनुवाइ गरेको छ ।
चालु आर्थिक वर्षमा वडाका लागि विनियोजित कुल रकम ९९ लाख २७ हजार मध्य विकास निर्माण योजना अन्तर्गत ५४ लाख रकम ६ वटा मुल शिर्षक अन्तर्गत काम गरिएको वडा अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।
खानेपानी ट्यांकी कुवा निर्माण तथा पाइप खरिद योजना उपभोक्ता समिति अन्तर्गत कुल विनियोजित रकम ३३ लाख ७७ हजारलाइ ३२ वटा योजनाहरुमा विभाजित गरी काम गरिएको उनले बताए । त्यसमध्य २७ वटा योजना सम्पन्न भइसकेको र बाँकी ५ वटा योजना चालु अवस्थामा रहेको बताए ।
गोरेटो बाटो चौतारा तथा प्रतिक्षालय निर्माण योजना उपभोक्ता समिति अन्तर्गत कुल विनियोजित रकम ८ लाख ३५ हजारलाई ८ वटा योजनाहरुमा विभाजित गरी ३ वटा योजना सम्पन्न भइसकेको र ५ वटा योजना चालु अवस्थामा रहेको अध्यक्ष कार्कीले बताए ।
मठ मन्दिर तथा गुम्बा घेराबार उपभोक्ता समिति अन्तर्गत कुल विनियोजित रकम ३ लाख ७५ हजारलाई ४ वटा योजनाहरुमा विभाजित गरी काम भएको जसमा ४ वटै योजना सम्पन्न भइसकेका कार्कीले जानकारी दिए ।
सिचाँइ ट्यांकी निर्माण तथा पाइप खरिद उपभोक्ता समिति अन्तर्गत कुल विनियोजित रकम ८ लाख १३ हजारलाई ५ वटा योजनाहरुमा विभाजित गरी कार्य गरेका छौ जसमा २ वटा योजना सम्पन्न भइसकेका छन् भने बाँकी ३ वटा योजना चालु अवस्थामा रहेको छ उनले भने ।
सडक मर्मत कोष उपभोक्ता समिति अन्तर्गत २७ लाख रकम विनियोजन गरिएकोमा गत मंसिरमा उपभोक्ता समिति गठन गरिएको भएता पनि सो योजना सञ्चालनका लागि पालिका अध्यक्षबाट रोक्का भएको उनले बताए ।
महाजनटोल भटौली धर्मशाला गोरेटो बाटो निर्माण अन्तरगत ३ लाख रकम विनियोजन गरिएकोमा गत मंसिरमा उपभोक्ता समिति गठन गरिएको तर पटक पटक ताकेता गर्दा समेत उपभोक्ता समिति सम्पर्कमा नआएको बताए ।
घरेलु तथा शिपमुलक कार्यक्रम सञ्चालन अन्तर्गत रु १ लाख २७ हजार रकम विनियोजन भएकोमा बासबाट बनाइने घरेलु सामाग्रीको तालिम गराइ कार्यसम्पन्न भइसकेको छ । स्वास्थ्य, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङगता तथा दलित लक्षित गरी जनचेतना तथा सम्मान कार्यक्रम अन्तरगत २ लाख ५० हजार रकम विनियोजन भएकोमा सबै रकम रकमान्तर गरी शिक्षा क्षेत्रमा उपचारात्मक कक्षा सञ्चालनका लागि १ लाख ५० हजार रकम माध्यमिक विद्यालयमा प्रदान गरिएको र कक्षा सञ्चालित अवस्थामा रहेको बताए ।
वडागत सार्वजनिक सुनुवाई कार्यक्रम, स्वास्थ्य स्वयसेविका सम्मान, उत्कृष्ठ शिक्षक सम्मान, वडास्तरीय वा ५ कक्षामा उत्कृष्ठ अंक ल्याइ उत्तिर्ण भएका ३ जना विद्यार्थीलाई सम्मान लागि १ लाख रकम छुट्याइएको वडाध्यक्ष कार्कीले बताए ।

प्रतिकृया

Add