कांग्रेसले घोषणा ग¥यो रामेछाप नागरपालिका ९ को उम्मेदवार

 बुधबार, चैत्र ३०, २०७३ | onlinenews

चैत्र ३०, रामेछाप– नेपाली कांग्रेस रामेछापले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि रामेछाप नगरपालिका वडा नं ९ को लागि उम्मेदवार घोषणा गरेको छ । रमेश तामाङको नेतृत्वमा वडाका सबै उम्मेदवारहरु चयन गरेको हो ।
रामेछाप नगरपालिका–९ ल्याङल्याङमा एक औपचारिक कार्यक्रमको आयोजना गरि वडाका उम्मेदवार घोषणा गरेको हो । तामाङको नेतृत्वमा सबै सदस्यहरु सर्वसहम्मत चयन गरेको हो ।
अन्य उम्मेदवारहरुमा खुल्लाबाट उत्तरकुमारी श्रेष्ठ, रामबहादुर श्रेष्ठ र मान बहादुर शाहि रहेका छन् भने दलित महिलाको रुपमा गंगा बि.क. लाई कांग्रेसले उम्मेदवार बनाएको हो ।

प्रतिकृया

Add