एमालेमै फर्किए बस्नेत

 आइतवार, साउन ७, २०८० | onlinenews

 

रामेछाप- नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत आफ्नो पुरानै पार्टी नेकपा एमालेमा फर्किएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमबीच बस्नेत एमालेमै फर्किएका हुन् ।
पुष्पलालको स्मृति दिवसको अवसरमा रामेछापको सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा बस्नेतले आपूm एमालेमै फर्किएको घोषणा गरेका हुन् । बस्नेतलाई एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरूले पार्टीमा स्वागत गरे । बस्नेत मन्थली नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा जिल्ला विकास समिति रामेछापका पूर्व सभापति र उपसभापति समेत हुन् । नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेले मात्र गर्न सक्ने भएको कारण आफू एमालेमा फर्किएको बस्नेतले बताए । आफू एमाले प्रवेश गरेको नभई बाहिर जाँदा हण्डर खाएर आफ्नै पार्टीमा फर्किएको बताए । एकीकृत समाजवादीले राम्रो गर्छ कि भन्ने लागेको भए पनि यो पार्टी काँग्रेसको पिछलगु भएर केवल एमालेलाई समाप्त पार्न मात्रै लागिपरेको उनको भनाइ छ । एकीकृत समाजवादीले देश, जनताको हित र कम्युनिष्ट विचार बोक्न नसक्ने बस्नेतले बताए । आफू एमालेमा कुनै भाग लिन नभई पार्टीको सेवा गर्न एमालेमा फर्किएको उनले बताए । सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका उपाध्यक्ष केशव दाहाल लगायतका नेताहरु पनि एमालेमा प्रवेश गरेका छन् ।

प्रतिकृया

Add