खेल क्षेत्रको विकासविना देश विकास सम्भव छैन : काफ्ले

 आइतवार, साउन ७, २०८० | onlinenews

रामेछाप- नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले खेल क्षेत्रको विकासविना देश विकास सम्भव नरहेको बताए । मन्थली माध्यमिक विद्यालय अन्तर्गत (सिटिइभिटी) नेविसंघ इकाइले वि.पी. स्मृति दिवसका अवसरमा अयोजना गरेको मन्थली नगर स्तरीय ‘विपी स्मृति कप २०८०’ को उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै नेता काफ्लेले यस्तो बताएका हुन् ।
फुटबल प्रतियोगिता मन्थली माविको खेल मैदानमा सञ्चालन गरिएको हो । नेता काफ्लेले नेपाली काँगे्रस स्पष्ट दृष्टिकोण र नीतिका आधारमा चल्ने पार्टी भएको बताए । पार्टीले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गरेर नयाँ कामको सुरुवात गरेको पनि काफ्लेले बताए । बैठकको प्रत्यक्ष प्रसारण गरेर जनतालाई पार्टीका गतिविधि बारे स्पष्ट बुझ्ने बाटो कांग्रेसले बनाइदिएको उनको भनाइ छ ।
नेपाली काँग्रेसले १० वर्ष देश चलाउने हो भने देश समृद्ध बन्छ, काँग्रेसबाट मात्र देशको विकास सम्भव छ उनले भने । पछिल्लो समय देशका हरेक क्षेत्रमा भ्रष्टाचार, वेथिति मौलाएको भन्दै आफ्ना नाममा, नाताको नाममा, धर्मका र पार्टीका नाममा भ्रष्टाचारीलाई गरिने संरक्षणको अन्त्य नभएसम्म देशलाई भ्रष्टाचार मुक्त बनाउन नसकिने बताए ।

प्रतिकृया

Add