सरकार सुन तस्करको जरासम्म पुग्छ : दाहाल

 बिहिबार, साउन ११, २०८० | onlinenews

 

 सिन्धुली । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले यस पटक सरकार सुन तस्करको जरासम्म पुग्ने दावि गरे । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य दाहालले पत्रकारहरुसँग कुरा गर्दै सुन तस्करको सदाको लागि अन्त्य हुनेगरी सरकारले कदम चालिसकेको बताए ।
भ्रष्टाचार नियन्त्रण गदैँ जाने क्रममा धेरै भ्रष्टाचारसँग सम्बन्धित भ्रष्टहरु र भ्रष्टका मतियारहरु अनुसन्धानको दायरामा रहेको दाहालको भनाइ छ । संस्थागत भ्रष्टाचारको पछिल्लो नमूनाका रुपमा एयरपोर्टबाट इतिहासमा अहिलेसम्मकै ठूलो तस्करीको जालो पत्ता लागेको उनको दावि छ ।
तस्कारहरुको जालो विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सदन अवरोध गरेको भन्दै नेकपा एमाले लामो समयदेखि संस्थागत भ्रष्टाचारको संरक्षक रहेको आरोप समेत लगाए । सांसद दाहालले एमालेको पालामा सुन भेटिन्थो तर सुन पित्तल हुन्थ्यो । यो पाली सुन पित्तल हुँदैन सुन सुननै हुन्छ र त्यो सुन राजस्वको दायरामा ल्याइन्छ दाहालले भने ।
यसअघि सुन तस्करी हुँदा एमालेको गृहमन्त्री, अर्थमन्त्रीको मिलेमतोमा नै हुने गरेकाले समेत उनले आरोप लगाए । गृहमन्त्री नारायणकाजी श्रेष्ठ बिरुद्ध लगाइएको आरोपका लागि आरोप भएको भन्दै सुन तस्करीको जरासम्म पुग्ने सरकारले कदम चालिसकेकोले अनुसन्धानको क्रममा यदि गृहमन्त्री नाम आउँछ भने राजीनामा मात्र हैन जेल चलान हुने दाहालको भनाइ छ ।

प्रतिकृया

Add