शोकमा परेका परिवारलाई खाद्यान्न सहयोग

 बिहिबार, साउन १८, २०८० | onlinenews

 

सिन्धुली- छोरोको शोकमा रहेका सिन्धुली जिल्लाको मरिण गाउँपालिका–४ ठुलीटारका तुलबहादुर विश्वकर्मालाई स्थानीय युवाहरुले खाद्य सामग्री सहयोग गरेका छन् । आर्थिक अवस्था एकदमै कमजोर भएका तुलबहादुरका छोरा राजकुमार विश्वकर्माको यही साउन १३ गत असामयिक निधन भएको थियो । खान लगाउनसमेत समस्या रहेका तुलबहादुरका परिवारलाई स्थानीय युवाहरुले आर्थिक सङ्कलन गरी खाद्य सामग्री सहयोग गरेका हुन् ।

स्थानीय युवा अशोक बोम्जनको तर्फबाट ४ हजार ५ सय, अजय बोम्जन ४ हजार, अमिर पाख्रिन २ हजार, दुर्गा श्रेष्ठ १ हजार ५ सय, धनबहादुर शाह शङ्कर १ हजार ५० रुपैयाँ, हस्तबहादुर रसाइली १ हजार, निलकुमार रसाइली ५ सय ५० रुपैयाँ, अर्जुन रिजाल ५ सय, कमल लामा १ हजार, रोशन बुढाथोकी ५ सय, जीतबहादुर माझी ५ सय, आदर्श बराइली ५ सय ५० रुपैयाँ र इन्द्र रिजालबाट ५ सय रुपैयाँ आर्थिक सङ्कलन गरी खाद्यान्न सामग्री किनेर पीडित परिवारलाई प्रदान गरिएको अमिर पाख्रिनले जानकारी दिए । युवाहरुको समूहले चामल, दाल, तेल, साबुन, चिउरालगायतका खाद्यान्न विश्वकर्माको घरमै लगेर दिएका हुन् ।

प्रतिकृया

Add