३० वर्षमाथि उमेर समूह फुटबल प्रतियोगिता

 शुक्रबार, अशोज २६, २०८० | onlinenews

 

रामेछाप – नेपाल खेलकुद महासङ्घ रामेछापले ३० वर्षमाथि उमेर समूहको फुटबल प्रतियोगिता आयोजना गरेको छ । नेपाल खेलकुद जिल्ला कमिटी रामेछापले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ३० वर्षमाथि उमेर समूहका खेलाडीका लागि फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितमा प्रथम हुने टिमले खसी र प्रमाणपत्र पाउने छन् । त्यसैगरी द्वितीय हुने टिमले बोका र प्रमाणपत्र तथा तृतीय हुने टिमले कुखुराको भाले र प्रमाणपत्र पाउने छन् भने खेलमा सहभागी सबै टिमले प्रमाणपत्र पाउने छन् ।
शुक्रवार बिहान ७ बजेदेखि सुरु हुने प्रतियोगितामा ९ टिम खेलाडीहरु सहभागित हुने नेपाल खेलकुद महासङ्घ रामेछापले जनाएको छ । प्रतियोगितामा सहभागि हुन नेपाल प्रहरी, मन्थली अस्पताल, रामेछाप ३०, सेतीदेवी युवा क्लव, मन्थली सांस्कृतिक युवा समाज, प्राविधिक समूह, हात्तीटार युवा क्लव, न्यू स्टार युवा क्लव र भटौली समूहले टिम दर्ता गराएको आयोजकले जनाएको छ ।

साढे २ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताको लागि मन्थली नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको नेपाल खेलकुद महासङ्घ रामेछापका अध्यक्ष तेज घिसिङले जानकारी दिए । त्यसैगरी द्वितीय पुरस्कारको लागि मन्थलीका स्थानीय सजन श्रेष्ठले सहयोग गरेको घिसिङले बताए । खेल फुटबल सङ्घको नियमानुसार खेलाइने आयोजकले जनाएको छ ।

फुटबल प्रतियोगिताबारे जानकारी दिन बिहिवार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल खेदकुद महासङ्घका केन्द्रीय सदस्य तथा रामेछाप इञ्चार्ज सवीन उप्रेतीले खेलकुदको माध्यमबाट सामाजिक एकता कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिको बताए । राजनीतिक र वैचारिक रुपमा जोजहाँ भएपनि सामाजिक र विकासका लागि सबै एकैठाउँमा उभिनुपर्छ भन्ने सन्देश दिन प्रतियोगिताको उद्देश्य रहेको उनको भनाइ छ ।
नेपाल खेलकुद महासङ्घ बागमती प्रदेश अध्यक्ष सीताराम कार्कीले नेपाल खेलकुद महासङ्घले खेलकुद र खेलकर्मीको हकहितका लागि आवाज उठाउँदै आएको बताए । खेलकुद महासङ्ले वृहत खेल आयोजनाको तयारी गरिरहेको पनि उनले बताए ।

 

प्रतिकृया

Add