साहारा साकोसको मुनाफा ४३ लाख

 शनिबार, अशोज २७, २०८० | onlinenews

 

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा रहेको साहारा बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष ४३ लाख १० हजार ६ सय ८८ रुपैयाँ मुनाफा कमाएको छ । शुक्रवार मन्थलीमा आयोजित १८ औँ साधारण सभामा सो कुरा जानकारी दिइएको हो ।

४ हजार ७ सय ४४ जना सेयर सदस्य रहेका साहारा साकोसको सेयर पूँजी २ करोड ३१ लख ४६ हजार ७ सय रुपैयाँ रहेको र कुल सेयर पूँजी २३ करोड १ लाख ४६ हजार ७ सय रुपैयाँ रहेको संस्थाका कोषाध्यक्ष चुक्तबहादुर मगरद्धारा प्रस्तुत् प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९÷८० संस्थाको बचत २१ करोड ९६ लाख ३८ हजार ६ सय ४२ रुपैयाँ रहेको छ । साहारा साकोसले सेयर गत आर्थिक वर्षमा मात्र १६ करोड ६४ लाख २१ हजार रुपैयाँ ऋण लागनी गरेको जनाएको छ । जसम १ सय ६० लघु ऋणी, १ सय ३१ सवारी साधन र १ सय ३२ जनाले घर जग्गा ऋण लिएका कोषाध्यक्ष मगरले जानकारी दिए । संस्थाले गत आवमा २ करोड ३३ लाख १८ हजार ३ सय रुपैयाँको सम्पत्ती वृद्धि समेत गरेको छ ।

शुक्रवार आयोजित १८ औँ साधारण सभाको उद्घाटन मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले गरेका थिए । नगरप्रमुख श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै साहारा बचतले जिल्लाको सहकारी अभियानमा उल्लेख्य योगदान पु¥याएको बताए । नगरप्रमुख श्रेष्ठले नीति विधि र पद्धतिमा रहेका काम गर्न आग्रह गर्दै सिस्टमा रहेर काम गर्नेे सहकारीहरूलाई सहयोग गर्न नगरपालिका सधैँ तयार रहेको बताए ।

प्रतिकृया

Add