सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना

 शनिबार, अशोज २७, २०८० | onlinenews

 

सोलुखुम्बु – मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा भएको छ । मनाङ एयरको हेलिकप्टर शनिवार बिहान करिब सवा सात बजे दुर्घटनामा परेको हो ।
हेलिकप्टरमा पाइलट प्रकाश सेढाई एक्लै थिए । मनाङ एयर स्रोतका अनुसार हेलिकप्टर लुम्लाबाट नाम्चेबजारतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।
दुर्घटनामा परेका पाइलट सकुशल रहेको र उनको उद्धार गरि काठमाडौँ लैजाने तयारी भइरहेको बताइएको छ ।

प्रतिकृया

Add