माझी गोल्डकपको उपाधी सिन्धुलीलाई

 बुधबार, कार्तिक २२, २०८० | onlinenews

 

रामेछाप– तेस्रो राष्ट्रिय माझी गोल्डकपको उपाधी सिन्धुली जिल्लाले उचालेको छ । मङ्गलवार नेपाल माझी उत्थान सङ्घ रामेछाप र नेपाल माझी उत्थान सङ्घ सिन्धुली (ए) बिच भएको फाइनल खेलमा दुवै टिमले २/२ गरेका थिए ।

खेलमा दुवै टिमले समान गोल गरेपछि ट्राइबेकरबाट फाइनल गरिएको नेपाल माझी उथान सङ्घ रामेछापका प्रचारप्रसार संयोजक बालकृष्ण माझीले जानकारी दिए । ट्राइबेकरमा रामेछापको ६ गोलका विरुद्ध सिन्धुलीले ७ गोल गर्दै उपाधी जित्न सफल भएको हो । नेपाल माझी उत्थान सङ्घ सिन्धुलीद्धारा आयोजित प्रतियोगिता सिन्धुलीको हरिहरपुर गाउँपालिका–५ बोटेनी खेल मैदानमा भएको थियो ।

प्रतियोगिताको विजेता सिन्धुलीले २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी उपविजेता हुँदै रामेछापले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र पाएको छ । तेस्रो स्थान हासिल गरेको सुनसरीले ६६ हजार ६ सय ६६ रुपैयाँ नगद कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा सिन्धुलीपाल्चोक चौथो भएको थियो ।
त्यसैगरी म्यान आफ दि म्याच घोषित हुनेले १५ हजार नगद र ट्रफी, गोल स्कोररले १० हजार नगद, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट मिडफिल्डरले नगद १० हजार, ट्रफी र प्रमाणपत्र पाएका छन् । त्यसैगरी उत्कृष्ट फरवार्ड र उत्कृष्ट स्ट्राकरले पनि १० हजार रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिकृया

Add