प्रधानमन्त्रीको निर्देशमा सार्वजनिक विदा फर्ता

 मङ्लबार, पुस १७, २०८० | onlinenews

 

रामेछाप– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले पौष १९ गतेका लागि दिएको सार्वजनिक विदा फिर्ता लिएको छ ।
सुनापति गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल सुनापति आउने भएपछि त्यस दिन गाउँपालिकाले सार्वजनिक दिने निर्णय गरेको थियो ।

त्यस दिन गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु बन्द गर्न गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो । ‘गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक सङ्घ संस्था, शिक्षण संस्थालगायत गाउँपालिका भित्रका बैँक, वित्तीय संस्थाहरू बन्द रहने गाउँपालिकाले सूचना प्रकाशित गरी जानकारी समेत दिइसकेको थियो ।

तर प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन र बालबालिकालाई समेत सहभागी नगराउन निर्देशन दिएपछि गाउँपालिकाले सार्वजनिक विदा फिर्ता लिएको हो ।

रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएको समाचार आएपछि प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले बिदा नदिन भनेपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको छ । प्रधानमन्त्री सहभागी हुने अन्य कार्यक्रममा पनि सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन् ।

प्रतिकृया

Add