मतदान केन्द्रको तयारी बारे सालुमा सर्वपक्षीय बैठक

 बिहिबार, बैशाख २८, २०७४ | onlinenews

२८ वैशाख २०७४, रामेछाप– स्थानीय तहको निर्वाचनको पूर्व तयारीका लागि मन्थली नगरपालिका वडा नं. ४ सालुमा सर्वपक्ष्ीाय बैठक बसेको छ । सेतीदेवि माध्यमिक विद्यालय सालुमा आयोजीत बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत नागरिक समाज, शिक्षक र स्थानीय बुद्धिजीवीको सहभागिता रहेको थियो ।
रामेछाप जिल्ला भित्रका मतदान केन्द्रमध्यमा पनि संवेदनशील मानिएको सालुमा दुई ठाउँको मतदान केन्द्रमा चारवटा बुथ रहने जानकारी मतदान अधिकृत चिरञ्जिवी थापाले जानकारी दिनुभयो ।
थापाकाअनुसार मतदानको सुरक्षालाई दृष्टिगत गरी उच्च सुरक्षा सतर्कता अपनाइएको छ । स्थानीय निकायको निर्वाचनलाई व्यवस्थित् र भयरहित वातावरणमा सञ्चालन गर्न कुनै पनि कसर बाँकी नराखिने समेत उहाँको बताउनुभयो ।
बैठकले के सहमति ग¥र्यो ?
बिहीबार राति १२ बजेबाट निर्वाचन आयोगले मौन समय घोषणा गरेको छ । मौन समय सुरु भइसकेपछि सार्वजनिक स्थानमा मदिरा सेवन गरि होहल्ला गर्ने र निर्वाचन आचारसंहिता उलंघन गर्ने जो कोहीलाई पनि कारवाहि गर्ने सहमति भएको छ ।
मतदाता परिचय–पत्र निर्वाचनको अघिल्लो दिनसम्म विवतरण गरिसक्ने सर्वपक्षीय सहमति भएको छ । त्यस्तै मतदाताहरुको परिचय पत्रको दुरुपयोग हुन नदिने उद्दश्यले परिचय–पत्र लिन सम्बन्धि व्यक्ति नै उपस्थित हुनु पर्ने ब्यवस्था गरेको छ । यदि स्वयंम ब्यक्ति उपस्थित हुन नसकेमा सम्बन्धित व्यक्तिको नागरिकताको सक्कल पतिको आधारमा एकापरिवारको सदस्यले लिनसक्ने  मतदान अधिकृति थापाले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले जारी गरेको परिचय–पत्रमा प्राविधिक त्रुटि हुनगई नाम, थर, फोटो, बाबुबाजेको नाम जस्ता आधारभुत सूचनाहरु गल्ती देखिएमा राजनैतिक दलका प्रतिनिधि र निर्वाचन आयोगका कर्मचारीहरुको रोहवरमा मतदातालाई मत हाल्ने व्यवस्था मिलाउने पनि सहमति भएको छ ।
शारीरिक रुपमा अशक्त भएका र अपाङ्गहरुको लागि नाता खुल्ने इच्छाएको व्यक्ति वा मतदान अधिकृतले मत खसाल्ने व्यवस्था मिलाउने पनि सहमति भएको छ ।
कुनै पनि दलले निर्वाचनको समयभित्र बुथ क्याप्चर गर्ने, हुलदंगा गरी हमला गर्ने संकेत देखिएमा वा प्रयास गरेमा असहज परिस्थिति निम्तन सक्ने भन्दै त्यसको परिस्थित आउँन नदिन सबैले सहयोग गर्ने सहमति भएको छ ।
मतदान केन्द्रको पेरिमिटर भित्रको सुरक्षालाई कडाई गरिने भए पनि कुनै पनि दलका उम्मेदवारलाई निर्वाध रुपमा आवतजावत गर्ने व्यवस्था मिलाउने पनि सहमति भएको छ ।
कुल २ हजार ५ सय ३ मतदाता भएको मन्थली नगरपालिका ४ मा सेतीदेवि माध्यमिक विद्यालय र सिद्धेश्वर माध्यमिक विद्यालयको २ वटा  केन्द्रमा ४ वटा बुथ रहने छन् । सो वडामा चार ठूला दल काँग्रेस, एमाले, माओवादी केन्द्र र प्रजातन्त्र पार्टीबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिकृया

Add