मोवाइलमा नेटवर्कमा समस्या

 बिहिबार, बैशाख २८, २०७४ | onlinenews

२८ वैशाख २०७४, रामेछाप– विगत केहि दिनदेखि रामेछापका विभिन्न ठाँउमा नेपाल टेलिकमको मोवाईल तथा इन्टरनेट सेवामा समस्या देखिएको छ । फोनमा कुराकानी भइरहेका बेला फोन काटिने, नवुझिने, मोवाइलमा डाटा खर्च भए पनि पेज नखुल्ने जस्ता समस्या  आएको छ ।
रामेछाप जिल्लाभित्र अधिकांश सरकारी कार्यालय, गैह्रसरकारी संस्था तथा व्यवसायिहरुले नेपाल टेलिकमको एडिएसएल इन्टरनेट सेवाको प्रयोग गर्दै आएका छन् । तर, पटक–पटक मोवाइल तथा फोन र इन्टरनेटमा समस्या आउँदा सवाग्राही मारमा परेका छन् ।
पछिल्लो समयमा नेपाल टेलिकमले आफ्नो सेवा बिस्तार गरे पनि गुणस्तरीय सेवा प्रवाह गर्न नसक्दा सेवाग्राहीहरुले हैरानी बेहोर्नु परेको छ ।

प्रतिकृया

Add