प्रचण्डको प्रस्तावकमा देउवाको उम्मेदवारी दर्ता

 शनिबार, जेष्ठ २०, २०७४ | onlinenews

२० जेठ २०७४, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावकमा नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
देउवाको उम्मेवारीको समर्थकमा कांग्रेस नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदार समर्थक रहनुभएको छ । देउवाले बिहान ११ः३० बजे आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
देउवा प्रधानमन्त्री पुष्पकमल दाहालका साथै आफ्ना समर्थक दल र पार्टीका नेतासहित प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउँन संसद भवन, नयाँवानेश्वर पुग्नुभएको थियो ।
प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिनुभएपछि सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको एक हप्ताको समय समयसीमा भित्र सहमति नजुटेपछि सरकार गठन बुहमतीय प्रक्रियामा प्रवेश गरेको थियो । आइतबार प्रधानमन्त्रीको निर्वाचन हुँदैछ ।

प्रतिकृया

Add