पैसा झिकेको निहुमा श्रीमतिमाथि खुकुरी प्रहार

 आइतवार, जेष्ठ २१, २०७४ | onlinenews

२१ जेष्ठ २०७४-  खल्तीमा राखेको दुई हजार रुपैयाँ श्रीमतिले झिकिदिएको निहुँमा सदरमुकाम मन्थलीका एक ब्यवसायिले श्रीमतिलाई खुकुरी प्रहार गरि घाइते बताएका छन् ।
 मन्थली नगरपालिका–१ स्थित नेपाल रेडक्रस सोसाइटीको भवनको सटर भाडामा लिई मासु व्यवसाय गर्दै आएका ५५ वर्षिय थरहरी घिमिरेले श्रीमति ५२ वर्षिय राधाकुमारी घिमिरेलाई टाउँकोमा खुकुरी प्रहार गरेका हुन् ।
घाइते राधाको रामेछाप सामुदायिक अस्पताल मन्थलीमा उपचार भइरहेको छ । राधाको टाउँकोमा गहिरो चोट लागेको छ । घाइतेको अवस्था भने खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
श्रीमतिमाथि खुकुरी प्रहार गर्ने थरहरीलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नावय उपरीक्षक कुमोध ढुङ्गेलले बताउनुभयो ।
यस अघि पनि श्रीमाले आपूmमाथि पटक–पटक कुटपिट गर्दै आएको घिमिरेकी श्रीमति राधाले बताउनुभयो । मदिरा सेवन गरेर विनाकारण कुटपिट गर्ने गरेकोमा यसपटक त  खसी काट्ने खुकुरीनै प्रहार गरेको पीडित राधिकाले बताउनुभयो ।

प्रतिकृया

Add