मन्थलीका तीन युवा सरकारी जागिर छोडेर पोल्ट्री ब्यवसायमा

 आइतवार, असार ११, २०७४ | onlinenews

११ असार २०७४ रामेछाप– रामेछापको सदरमुकाम मन्थलीका तीन युवा सरकारी जागिर छोडेर पोल्ट्री ब्यवसायमा लागेका छन् । मन्थली नगरपालिका–१ का रुद्रकुमार श्रेष्ठ, भरत श्रेष्ठ र विश्वास श्रेष्ठ जागिर छोडेर पोल्ट्री ब्यवसायमा लागेका हुन् ।
तीन जनाको संयुक्त लगानीमा ‘डेलिसिएस ह्याचारी’ स्थापना गरि ब्यवसायमा लागेका हुन । ब्यवसायमा लागेपछि थुपै्र कठिनाइहरु आइपरे पनि आपूmहरु सन्तुष्ट रहेको उनीहरुको भनाई ।
नेपाली सेनामा जागिरे रहेका रुद्रकुमार श्रेष्ठ १० वर्ष सेनामा जागिर खाएर उपदानमा जागिर छोडेर पोल्ट्री ब्यवसायमा लागेका हुन् । त्यसैगरी भरत श्रेष्ठ ५ वर्षदेखि गर्दै आएको प्राविधिकको जागिर छोडेर पोल्ट्री ब्यवसायमा आएका हुन् भने विश्वास श्रेष्ठ माध्यमिक तहको विज्ञान विषयको शिक्षक हुन् । उनी पाँच वर्ष शिक्षण पेशामा थिए ।
युवाहरुले आफ्नै देशमा ब्यवसाय सञ्चालन गरेर केही गर्नुपर्छ भन्ने उद्देश्यले आपूmहरु पोल्ट्री ब्यवसायमा आएको उनीहरुको भनाई छ । दुई हजार प्यारेन्टबाट सुरु गरेकोमा अहिले १० हजार प्यारेन्ट कुखुरा रहेको रुद्रकुमार श्रेष्ठले बताए । हाल भइरहेको बाहेक ४ हजार ८ सय यो समाचार तयार भएकै दिन थाइल्याण्डबाट आइपुगेको पनि उनले बताए । उनले भने– ‘म सरकारी जागिरे थिए, जागिरमा राम्रै थियो । जागिर भन्दा पनि युवाहरुले केही गर्नुपर्छ भन्ने उद्देश्यले जागिर छोडेर पोल्ट्री ब्यवसायमा आएको हुँ ।’
जागिर छोडेर ब्यवसायमा लागेपछि थुप्रै समस्याहरु आइलागे तर पनि संघर्ष गरेर हामी यहाँसम्म आइपुगेका छौं उनले भने । हामीले ब्यवसाय सुरु गरेसँगै नाकाबन्दी भयो, २०७२ सालको विनासकारी भूकम्प गयो, हामीले यस्तो भयङ्कर चुनौतिको सामना गर्नुप¥यो । यी चुनौतिहरुकाबीच हामी यहाँसम्म आइपुगेका हौं उनले भने । सुरु गर्दा तीन भाइले २० लाखका दरले ६० लाख रुपैयाँ रकम संकलन गरेर पोल्ट्री ब्यवसाय थालेका उनीहरुले अहिले ५ करोडको लगानी गरिसकेका छन् । उनीहरु अझै पनि ब्यवसाय विस्तारकै क्रममा छन् ।

युवा भनेर सुरुमा बैंकले ऋण समेत पत्याएन

ब्यवसाय सुरु गर्दा बजेट अपुग भएपछि बैँकमा ऋण माग्दा युवाहरुको भर हुँदैन भनेर आपूmहरुलाई बैंकले ऋण समेत नपत्याएको रुद्रकुमार श्रेष्ठले बताए । हामीले खल्तीमा पैसा भएर ब्यवसाय गरेका थिएनौं, हामीसँग धितो थियो तर धितो राख्छौं हामीलाई ऋण दिनुस् भन्दा कुनै पनि बैँकहरुले पत्याएनन् श्रेष्ठले भने । उनले भने–हामीले ब्यवसाय सुरु गरेको एक वर्षपछि बल्ल रिलायबल फाइनान्सले ७० लाख रुपैयाँ ऋण दियो ।
त्यसबाट हामीले ब्यवसायलाई एक वर्ष टिकायौं । पछि रिलायबल फाइनान्स, रिलायवल डेभलपमेन्ट बैँक भयो त्यसपछि हामीले थप १५ लाख रुपैयाँ ऋण निकाल्यौ । त्यतिले पनि नपुगेपछि हामीले फेरि रिलायलब बैँकलाई हामी धितो थप्छौं ऋण थपिदिनुहोस् भन्यौ तर बैँकले प्रक्रिया लामो छ, भन्यो, हामीलाई तत्कालै पैसा चाहिएको थियो ।
त्यसपछि हामी राष्ट्रिय बाणिज्य बैँकमा ग¥यौं । हाम्रो विजनेश प्लान र काम देखेपछि बाणिज्य बैंकले हाम्रो डकुमेण्ट केन्द्रमा पठाइदियो र केन्द्रबाट हाकीमसावहरु आएर हाम्रो काम हेर्नुभयो । हाम्रो काम देखेर एकदमै खुसी हुनुभयो र तत्कालै १ करोड २० लाख रुपैयाँ ऋण स्वीकृत गरिदिनुभयो श्रेष्ठले भने ।
बाणिज्य बैंकले ऋण लगानी गर्नुभन्दा पहिले ब्यवसायलाई टिकाउन ९० लाख रुपैयाँमा २४÷३६ प्रतिशत ब्याजमा अलग÷अलग ब्यक्तिसँग ऋण लिएर पनि चलायौं  । उनले भने–हामी ब्यवसाय विस्तार गरिरहेका छौं ।
अहिले पनि हामीलाई पैसा अपुग भयो, फेरि बैंकलाई गुहा¥यौं । राष्ट्रिय बाणिज्य बैंकको प्रमुखलाई हामीले भन्यौं ‘सरले हाम्रो काम देख्नु भएकै छ, हामीलाई फेरि पैसा अपुग भयो, हामीलाई लगानी थपिदिनु प¥यो भनेपछि हालै आएर फेरि १ करोड १० लाख रुपैयाँ ऋण स्वीकृति गरिदिनु भएको छ श्रेष्ठले भने । बैंकले पुनः ऋण थपिदिएपछि अहिले हामीलाई निकै सहज भएको छ उनले भने ।

भूकम्पको बेला ५० प्रतिशत घाटा लाग्यो

२०७२ सालको भूकम्पको कारण ब्यवसायमा ५० प्रतिशत घाटा लागेको रुद्रकुमार श्रेष्ठले बताए । भूकम्पले मानिसको घरमा बास भएन, त्यो बेलामा कुखुरा कस्ले पाल्ने ? हामीले उत्पादन गरेको चल्लाहरु सित्तैमा दिने अवस्था पनि आयो । तराईबाट आउनुपर्ने दाना पनि नाकाबन्दीको कारण रोकियो ।  भएको कुखुरा पनि बचाउन हामीलाई हम्यहम्य भयो । नाकाबन्दीले दाना त रोकियो नै, चल्लाको ब्यापार पनि ठप्प भयो उनले आफ्नो भोगाई सुनाए ।
तर पनि हामी आत्तिएनौं, डराएनौं । हामी डराएर ब्यवसाय छोड्नतिर लागेको भए त्यो बेला हामीले करिब १ करोड भन्दा बढी घाटा ब्यहोर्नुपर्ने अवस्था थियो । श्रेष्ठले भने– हामी मनमा आँट र साहस लिएर संघर्ष गर्दै यहाँसम्म आइपुगेका छौं । भग्यले साथ दिएर होला अहिले भने राम्रै भइरहेको छ । आम्दानी पनि राम्रो भइरहेको छ, भोली पनि परिश्रमको फल पाइन्छ भन्ने आशमा लागिरहेका छौं श्रेष्ठले भने । पोल्ट्री फर्ममा अहिले डाक्टर सहित १८ जना कर्मचारी रहेको बताए । उनले भने– अहिले हामीले १८ जनालाई रोजगारी दिइरहेका छौं । फर्म सञ्चालन गर्न, कर्मचारीको तलब भत्ता सहित  मासिक खर्च २० लाख रुपैयाँ लाग्ने पनि उनले बताए ।

प्यारेन्ट कुखुरा २० हजार पु¥याउने लक्ष्य छ

उनीहरु अहिले पनि फर्म विस्तारकै क्रममा रहेका छन् । कुखुराको संख्या बढाउनको लागि अहिले ३ वटा फर्म निर्माणको काम भइरहेको छ । फर्म विस्तार गरेर अण्डा दिने प्यारेन्ट २० हजार पु¥याउने लक्ष्य रहेको अर्का लगानी कर्ता भरत श्रेष्ठले बताए ।
अहिले दैनिक २ हजार ५ सयदेखि ३ हजारसम्म अण्डा र हप्तामा १२ हजार चच्ला उत्पादन गर्दै आएको उनले बताए । अण्डा दिने प्यारेन्ट २० हजार पु¥याएर दैनिक चल्ला उत्पादन गर्ने र हप्ताको २५ हजारदेखि ३० हजारसम्म चल्ला उत्पादन गर्ने लक्ष्य रहेको श्रेष्ठले बताए ।
जसको लागि चल्ला उत्पादन गर्ने मेशिन यो वर्ष भरीमा तीन सेट पु¥याउने लक्ष्य रहेको पनि उनले बताए । चल्ला उत्पादन गर्ने मेशिन अहिले एक सेट रहेको छ । एक सेट मेशित तत्कालै झार्ने र यो वर्षभरीमा तीन सेट मेशिन पु¥याउने उनले बताए ।

विनायोजना ब्यवसायमा लागियो

युवाले ब्यवसायबाट केही गर्नुपर्छ भन्ने उद्देश्यले आपूm प्राविधिकको जागिर छोडेर साथीहरुसँग मिली पोल्ट्री ब्यवसायमा लागेको भरत श्रेष्ठले बताए ।
ब्यवसाय सुरु गर्दा विना तयारी लागेको पनि उनले बताए । उनले भने– ब्यवसाय सुरु गर्दा हामी विनायोजना लागेका हौं । पछि गर्दै जाँदा योजनाहरु बन्दै गयो, हामी निकै चुनौति र संघर्षको बाबजुद यहाँसम्म आइपुगेका छौं ।
अहिले योजनाका साथ अघि बढेका छौं र सफल पनि भइरहेका छौं उनले भने । ब्यवसाय सुरु गर्दा काम गर्न केही कठिनाई भएको उनले बताए । उनले भने– एउटा विषय पढियो, काम अर्कै हुँदा सुरुमा काम गर्न केही कठिनाई त भयो तर अहिले सहज भएको छ आफ्नो कामप्रति सन्तुष्ट छु ।
एक पटक विदेश जाँउजस्तो पनि लागेको थियो । विदेश गएका अरुको दुःखको कुरा सुन्दा विदेश जान मन लागेन, विदेश गएर अर्काको भूमिका दुःख गर्नु भन्दा आफ्नै देशमा दुःख गरौँ भन्ने सोच आयो, आफ्नै देशमा दुःख गर्ने भनेर ब्यवसायमा लागियो उनले भने । गरिखानेको लागि विदेश भन्दा नेपालमै राम्रो कमाई गर्न सकिने तीन वर्षदेखि ब्यवसाय गर्दै आएका उनको अनुभव छ ।
आपूmले पालेका प्यारेण्टको लागि आवश्यक दाना समेत उनीहरुले यही तयार गर्दै आएका छन् । दानाको लागि आवश्यक पर्ने कच्चा पदार्थ भने अन्तबाट ल्याउने गरिएको छ । सुरुमा पिस्ने मेशिनबाट दाना तयार गर्नुपर्दा निकै कठिन भएको थियो अहिले दाना बनाउने मेशिन पनि आफैले ल्याएका छौ, सजिलो भएको छ, श्रेष्ठले भने ।

मूनाफा बाड्न केही वर्ष लाग्ला

तीन जनाको साँझेदारीमा सञ्चालन गरेको पोल्ट्री फर्ममा अहिलेसम्म पाँच करोड लगानी भइसकेको छ । अझै उनीहरु विस्तारकै क्रममा छन् । ब्यवसायबाट जति आम्दानी र नाफा भएको छ, त्यो सबै फर्म विस्तारमै खर्च गर्दै आएका छन् उनीहरुले । फर्म विस्तारकै क्रममा रहेकाले आम्दानीको मूनाफा लिन अझै केही वर्ष लाग्न सक्ने भरत श्रेष्ठले बताए । आम्दानी राम्रो भइरहेको छ तर अहिले सबै ब्यवसाय विस्तारमा खर्च भएकाले मूनाफा वितरण गर्न अझै एकडेढ वर्ष लाग्न सक्छ उनले भने ।

बजारको समस्या छैन

ह्याचरीबाट उत्पादन भएको चल्ला बिक्रीको लागि समस्या नभएको पनि भरत श्रेष्ठले बताए । उत्पादन भएको चल्ला सर्लाही, महोत्तरी, सिन्धुली, सिराह, सिन्धुपाल्चोक, दोलखा र काठमाडौं आपूmहरुको मूख्य ब्यापारिक क्षेत्र भएको श्रेष्ठले बताए । अहिलेको उत्पादनले बजारको माग धान्न नसकेकाले नै उत्पादनमा बृद्धि गर्न ब्यसायलाई विस्तार गर्न लागिएको उनले बताए ।

        बराबरी खटे साँझेदारीमा समस्या आउँदैन

साँझेदारीमा गरिने ब्यवसायमा सफलता प्राप्त गर्न सकिन्न भन्ने धैरैको कथन छ । कतिपयको अवस्था त्यस्तै पनि देखिएको छ । साँझेदारीमा काम गर्दा धेरै असफल भएका उदाहरणहरु पनि छन् ।
तर मन्थलीका ती युवाहरु भने साँझेदारीले ब्यवसायमा केही फरक नपार्ने बताउँछन् । नियतमै खराब भएमात्र साँझेदारीताको ब्यवसायमा असफल हुने उनीहरुको बुझाई छ । कोही काम गर्ने कोही बस्ने भयो भने साँझेदारीको ब्यवसायमा समस्या हुन्छ, त्यो ब्यवसाय डुब्न सक्छ, तर हामी बराबरी खट्न र  जे काम गर्न पनि तयार छौं, त्यसैले हामी यो ब्यवसायमा सफल हुनेछौं रुद्रकुमार श्रेष्ठले भने ।
हामी सबैले आफ्नो सम्झेर काम गरेका छौं, हामी सबैले मेहनत गरेका छौं र गर्ने छौं, सबैले बराबरी काम गरेपछि साँझेदारमा समस्या हुँदैन उनले भने ।

प्रतिकृया

Add