रामेछापका ढुवानी ब्यवसायि आन्दोलीत माग पूरा नभएसम्म आन्दोलन जारी रहने

 बिहिबार, असार १५, २०७४ | onlinenews

     १५ असार  २०७४ रामेछाप


ठूला मालबाहक सवारीको विषयलाई लिएर पटक–पटक आन्दोलन गर्दै आएका रामेछापका ढुवानी ब्यवसायि पुनःआन्दोलनमा उत्रिएका छन् ।
विपी राजमार्गको बनेपा–नेपालथोक–सिन्धुली–बर्दिबास सडक खण्ड हुँदै खुर्कोट– मन्थली–चरिकोट सडक खण्डमा गुड्ने १० टन भन्दा बढी क्षमताको यात्रुवाहक तथा ढुवानीका साधानलाई सरकारले रोक लगाएपछि रामेछापका ढुवानी ब्यवसायिहरु आन्दोलनमा उत्रिएका हुन् ।
यातायात ब्यवस्था विभागले २०७३ असार १० गतेदेखि विपी राजमार्ग अन्तर्गका सडक खण्डमा गाडी र सामानसहित १० टन भन्दा बढिका सवारी साधन चल्न नपाउँने निर्णय गरेपछि सो निर्णयको विरोधमा ढुवानी ब्यवसायिहरु आन्दोलनमा उत्रिएका हुन् ।
बिपी राजमार्गमा जुनसुकै यात्रुवाहक तथा मालबाहक सवारी साधनहरु निर्बाध रुपमा सञ्चालन हुन पाउनु पर्ने  र नेपाल सरकारले बिपी राजमार्ग अन्तर्गत खुर्कोट–सिन्धुली–भकुण्डेबेसी, खुर्कोट–मन्थली–मालुखोला हुदै तामाकोशी सम्मको सडकमा यात्रुबवाहक तथा मालवाहक, सार्वजनिक सवारी साधनलाई सडक इजाजत तत्काल जारी गर्नुपर्ने र राज्यको निकायबाट सिन्धुलीमा रामेछापको ब्यवसायि माथि हुने गरेको विभेदको अन्त्य हुनपर्ने माग ढुवानी ब्यवसायिहरुको रहेको छ ।
आफ्ना माग पूरा नभएसम्म ढुवानीका साधनहरु पूर्णरुपमा बन्द गराएर आन्दोलन जारी राख्ने ढुवानी ब्यवसायिहरुले बताएका छन् ।
रामेछाप जिल्लामा रहेको तामाकोशी ढुवानी सेवा समितिले बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा ज्ञापन–पत्र बुझाउँदै ब्यवसायिको माग पूरा नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।
जापान सरकारको सहयोगमा बनेपा–नेपालथोक–सिन्धुली–बर्दिबास सडक खण्ड निर्माण भएपछि सो सडकमा निर्वाध रुपमा सवारीका साधन साथै ठूला मालबाहक ट्रक, मिनी ट्रक लगायतका सावारीका साधनहरु सञ्चालन हुँदै आएका थिए ।
रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटस्थित सुनकोसी नदिको पक्की पूल सञ्चालनमा आएको केही महिनादेखि पटक–पटक सो सडक खण्डमा ठूला मालबाहक सवारीलाई रोक लगाउँदै आएको छ ।
सिन्धुली–खुर्कोट सडक खण्डलाई बाहना बनाएर जिल्ला प्रशासन कार्यालय सिन्धुलीले १० चक्के ट्रक र मिनीट्रकलाई रामेछाप प्रवेशमा रोक लगाउँने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सिन्धुली बजारदेखि खुर्कोटसम्मको सडकको छेउपट्टिको भागमा पर्खाल उठाएर निर्माण गरिएकाले भासिन सक्ने भन्दै सिन्धुली बजारबाट ढुवानीका ढूला साधनलाई अगाडि आउँन रोक लगाएको छ ।
अहिले सिन्धुलीले रोक लगाएको बिपी राजमार्ग अन्तर्गतका सडक खण्डमा रामेछापका ढुवानी ब्यवसायिहरुले १० टन भन्दा कम ढुवानीका साधनमार्फत जिल्लाको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामाग्री र निर्माण सामाग्रीको आपूर्ति गर्दै आए पनि आपूmहरुले विभिन्न अवरोधहरु ब्यहोर्नु परेको तामाकोसी ढुवानी सेवा समितिका अध्यक्ष नविन कार्कीले बताए ।
सडकको भारबहन क्षमता कम भएर नभई ठूला मालबाहक साधान सिधै रामेछाप आउँदा सिन्धुलीको ब्यापार घट्ने भएकाले सिन्धुलीले नियतबस ढुवानीका ठूला सवारी साधन रामेछापमा आउँन नदिएको रामेछापका ढुवानी ब्यवसायिको भनाई छ ।
ठूला सवारी साधान सिधै रामेछाप आउँदा सिन्धुलीको ब्यापार घट्ने भएकोले सडकको बाहना बनाएर मालबाहक ट्रक सिन्धुलीले रोक्दै आएको र यो कुरा रामेछापका राजनीतिक दल र आगुवाहरुले समेत नबुझेको तामाकोसी ढुवानी सेवा समितिका अध्यक्ष नविन कार्कीको भनाई छ ।
उनले भने–खुर्कोको पुल सञ्चालनमा आएपछि तीन महिनासम्म १० चक्के मालबाहक ट्रक सिधै मन्थली हुँदै चरिकोटसम्म सञ्चालन भएकै हो । ठूला मालबाहक गाडीहरु रामेछाप प्रवेश गरेपछि जब सिन्धुलीको ब्यापार घट्यो त्यसपछि सिन्धुलीले आफ्नो ब्यापारलाई कामय राख्न सडकको बाहनामा ठूला मालबाहक गाडीहरुलाई सिन्धुलीमै रोक्न थाल्यो कार्कीले भने ।
ठूला मालबाहक गाडी सिन्धुलीमै रोकिंदा दुई तिरको लोडअनलोड र साना ढुवानीका साधनले खेप गर्नुपर्दा भाडा र लोडअनलोड ज्याला थपिदा रामेछापको उपभोक्ता मारमा परेको र त्यसको फाइला सिन्धुलीले लिइरहेको ब्यवसायिहरुको भनाई छ ।
अहिलेको मूल्य अनुसार साना ढुवानीका साधनले सिन्धुलीबाट खेप गर्नुभन्दा सिधै १० चक्के ट्रक रामेछाप आउँने हो भने ५० केजीको बोरमा सामानमा प्रति बोरा १ सय ५० रुपैयाँ सस्तो आइपुग्ने ढुवानी ब्यवसायिहरु बताउँछन् । कडकको कारण नभई सिन्धुलीले आफ्नो स्वार्थको लागि ढुवानीका ठूला साधनहरु उतै रोकेको ब्यवसायिहरुको भनाई छ ।
बुधबार ढुवानी ब्यवसायिहरुको ज्ञापन–पत्र बुझ्दै रामेछापको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सिन्धुलीको प्रसाशनसँग आपूmले छलफल गरि समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।
यातायात  ब्यवस्था विभागसँग समन्वय गरी समस्याको समाधान गर्न सकिने भएकाले जिल्लाका सरोकारवालाहरुले सम्बनिधत निकायमा पहल गर्नेपर्ने बताउँदै आफ्नो तर्फबाट पनि पहल गर्ने प्रजिअ खत्रीले बताएका छन् ।

प्रतिकृया

Add