पानी नपरेको भन्दै सालु स्थानीयले गरे कोटि होम

 सोमवार, असार १९, २०७४ | onlinenews

१९ असार २०७४ रामेछाप


असार महिनाको १५ वितिसक्दा पनि पानी नपरेपछि रामेछाप जिल्लाको मन्थली नगरपालिका अन्तर्गत सालुका स्थानीयले कोटी होम गरेका छन् । रोपाई गर्न नपाएर आत्तिका कृषकहरुले कोटी होम गर्दा पानी पर्छ भन्ने पौराणिक मान्यताअनुसार सामूहिक कोटी होल लगाएका हुन् ।
मन्थली नगरपालिका–४ का रामबहादुर काफ्लेका अनुसार वर्षाको समयमा पनि पानी नपरेपछि मन्थली–४ सालु च्याउँकेठाटीका स्थानीले ११ जना पुरोहित पढाएर सामूहिक पूजा गरी कोटि होम गरेका छन् ।
अघिल्ला वर्षहरुमा असार १५ मा रोपार्इँ सकिने ओख्रेनी फेदिमा रहेको साझेबगर, मन्थली नगरपालिका सालु ४ र सुनारपानी नजिकैको सल्ले, घ्याप्चेको मुहान र रणजोर खोलाको पानीले सिँचाई गर्ने मन्थली बेसी लगायतका ठाँउहरुमा यस वर्ष रोपाई सुरु समेत हुन सकेको छैन ।
पानी नपर्दा धानको बिउ समेत ब्याडमै सुकेर गइसकेको छ । जेठ र वैशाखमा सामान्य पानी परे पनि असार महिनामा पानी नपरेको कोटिहोममा सहभागि अर्का स्थानीय तुलसीराज काफ्लेले बताए ।
भूकम्पपछि घर निर्माण गर्न पानी कुरेर बसेकाहरुलाई भने खेती भन्दा पनि घर बनाउने चिन्ताले सताउन थालेको छ ।
पानी पर्ला र घरको जग राख्न सुरु गरौंला भन्नेहरु पनि होममा सहभागि भएको बिमल काफ्लेले हाम्रो अनलाइनलाई जानकारी दिए ।

प्रतिकृया

Add