खिम्तीको बाढी प्रभावितलाई राहत वितरण

 बिहिबार, साउन ५, २०७४ | onlinenews

५ साउन २०७४ रामेछाप


रामेछाप जिल्लाको लिखु गाउँपालिकाका बाढी÷पहिरो प्रभावितलाई राहात वितरण गरिएको छ ।
गत असार ३१ गते रामेछापको लिखु गाउँपालिका–६ को छतौनी खोलामा आएको बाढीले पुरिएर मृत्यु भएकाका परिवार र बाढी पहिरोबाट प्रभावित भएकाहरुलाई नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले बिहीबार राहत सामाग्री वितरण गरेको हो ।
बाढी प्रभावित मध्ये २८ परिवारलाई चामल, दाल, तेल नून, एक सेट खाना पकाउने र खाना खाने थाल भाँडा, प्रतिपरिवार २÷२ थान झुल, तन्ना र  ५ मिटरका दरले ओच्याउने म्याट्रेस वितरण गरेको हो ।
नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफलेद्धारा सो राहत वितरण गरिएको हो । राहात वितरण कार्यक्रमलाई संवोधन गर्दै महामन्त्री काफ्लेले छतौनी खोलाको बाढी पहिरोमा परि अभिभावक गुमाएका बालबालिकालाई नेविसंघले उच्च शिक्षासम्म निशूल्क पढाई दिने आश्वासन दिएका छन् ।
नेपाली काँगेस रामेछापका सभापति लवश्री न्यौपाने, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रत्नहरी ढुङ्गेल लगायत नेपाली काँग्रेसका जिल्ला स्तरीत नेता तथा खिम्तीका स्थानीय सरोकारवालाहरुको उपस्थितिमा राहात वितरण गरिएको हो ।

प्रतिकृया

Add