दार्जिलिङलाई नेपालको नुन तेल

 आइतवार, साउन ८, २०७४ | onlinenews

 ८ साउन २०७४


बजार ठप्प छ । तैपनि विहानदेखि बेलुकैसम्म भारतीय ग्राहकको भीड घट्दैन । खाद्य पसलेलाई नुन तेलदेखि दाल चामलसम्म बेच्न भ्याइ नभ्याइ छ ।

पिठ्युँमा, घोडामा र निजी सवारी साधनमा चामल, चिउरा, चाउचाउ र तेलका पोका देखिन्छन् ।  मूल सडकभन्दा वरपरका कच्ची सडकमा यो भीड अझ बढी देखिन्छ । आजको नागरिकमा यो खबर छ ।

भारतको पश्चिम बंगालमा चलिरहेको आन्दोलनको सोझो असर पशुपतिनगर बजार पनि ३५ दिनदेखि ठप्प छ । अन्य सबैजसो पसल बन्द छन् । तर खाद्यान्न पसलमा भने जति बेलै भरिभराउ ग्राहक हुन्छन् ।

बिहान बेलुका चाहिने खाद्यान्न लिन भारतीय नागरिक दिनहुँ पशुपतिगर आइरहेका छन् । आमहडतालका कारण गाडी नचल्ने भएकाले भाारतीय ग्राहक घण्टौ। धाएर पशुपतिनगरबाट खाद्यान्न ओसारीरहेका छन् ।

प्रतिकृया

Add