खिर खाँदै तरुण दलले भन्यो–कम्युनिष्टहरुको खोक्रो राष्ट्रवादले मुलुक बन्दैन

 आइतवार, साउन १५, २०७४ | onlinenews

१५ श्रावण २०७४


नेपाली काँग्रेसका भातृ संगठन तरुण दलका नेताहरुले कम्युनिष्टहरुको खोक्रो राष्ट्रवादले मुलुक नबन्ने बताएका छन् ।
नेपाल तरुण दल खाँडादेवी गाउँपालिका– ५ ले आइतबार आज श्रवण १५ गते आयोजना गरेको खिर खाने कार्यक्रममा तरुण दलका नेताहरुले यस्तो बताएका हुन् ।
मध्य बानेश्वरको म्याग डोनल्ड पाटी प्यालेसमा आयोजना गरिएको खिरखाने कार्यक्रमलाई संवोधन गर्दै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतले वर्तमान समसामयिक राजनीतिक अवस्थाको चर्चा गर्दै कम्युष्टिहरुको खोक्रो राष्ट्रवादले मुलुक नबन्ने भन्दै मुलुक बनाउने चिन्ता काँग्रेसलाई मात्र भएको बताए ।
नेपाली काँग्रेसले देश विकास र परिवर्तनको मुद्दामा अभिभावकको भूमिका निर्वाह आएको र आगामी दिनमा पनि काँग्रेसले नेतृत्वदायि भूमिका निर्वाह गर्नुपर्ने बस्नेतले बताए । साथै देश निर्माणमा तरुण दलले कहिल्यै हरेस नखाई अघि बढिरहनु पर्ने उनको भनाई थियो ।
हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा आन्तरिक अन्तरघातको कारण काँग्रेसले धेरै स्थानमा पराजय ब्यहोर्नु परेको भन्दै आगामी दिनमा तरुण युवाले पार्टी नेतृत्वलाई खबरदारी गर्नु पनि बस्नेतले बताए ।
खाँडादेवि गाउँपालिका वडा नम्ब–५ का अध्यक्ष राजकुमार कार्कीको  अध्यक्षतामा सम्पन्न भएको खिरखाने कार्यक्रममा नेपाल विद्यार्थी संघका उपाध्यक्ष रामप्रसाद अधिकारी, केन्द्रिय सदस्य रत्नहरि ढुङ्गेल पूर्व सह–महामन्त्री राजेश ज्ञावली, चलचित्र निर्माता रौनबिक्रम कडेल, तरुण दल रामेछापका कोषाध्यक्ष योगेस श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add