जिसस रामेछापमा एमालेको प्यानल नै विजयी

 शुक्रबार, साउन २०, २०७४ | onlinenews

        राजिव कार्की
२० साउन २०७४ रामेछाप


जिल्ला समन्वय समिति रामेछापको प्रमुखमा एमालेका उम्मेदवार प्रेम बहादुर खड्का सहितको प्यानल विजयी भएको छ ।  आज भएको निर्वाचनमा खड्का ९ मत प्राप्त गरी  विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेस र माओवादि गठबन्धनका उम्मेदवार नारायण बोगटीले जम्मा ६ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार दिपा पाख्रिन  विजयी हुनुभएको छ । उहाँले पनि ९ मत नै पाउनुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी गठवन्धनका उम्मेद्धवार प्रेमसागर थापाले ६ मत पाउनुभयो । समन्वय समितिका अन्य सात सदस्य पदमा पनि एमालेकै उम्मेदवारहरुले विजयी हासिल गरेका छन् । एमालेको तर्फबाट उम्मेवार बनेका रमेश वाग्ले , मैया सार्की, राधा गुरुङ, राम बहादुर तामाङ, निङडोमा सेर्पा, पूर्ण बहादुर महत र गणेश बहादुर माझी सदस्यमा विजयी भएका हुन् ।
जिल्ला समन्वय समिति रामेछापको निर्वाचनमा आठ स्थानीय तहका जम्मा १६ जना प्रमुख÷ उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष ले मतदान गरेका थिए । रामेछापमा समन्वय समितिको निर्वाचनको लागी एमालेसंग ९ भोट थियो भने काँग्रेस माओवादी गठबन्धनसंग ७ भोट थियो । खसेको १६ भोट मध्ये  काँग्रेस माओवादी गठबन्धनको एक भोट बदर भएको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।

प्रतिकृया

Add