मुलुकभरका पण्डितले भने–काजकिरिया तेह्रै दिन

 बुधबार, भदौ १४, २०७४ | onlinenews

१४ भदौ २०७४


मुलुकभरका पण्डितहरुको चौथो राष्ट्रिय सम्मेलनले काजकिरिया ९मृताशौच० १३ दिन नै बार्नुपर्ने निष्कर्ष निकालेको छ ।

राष्ट्रिय धर्मशाला नेपालले राजधानीमा आयोजना गरेको दुई दिने सम्मेलनको अन्तिम दिन मंगलबार १२ बुँदे घोषणा जारी गर्दै काजकिरियाका लागि तोकिएको १३ दिनमा कुनै सम्झौता गर्न नमिल्ने निष्कर्ष निकालेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

केही बर्षदेखि विभिन्न धार्मिक एवम सांस्कृतिक आधार देखाएर पाँच दिने काजकिरिया कायम गर्न अभियान सञ्चालन हुँदै आइरहेका बेला यसमा कुनै हलचल नगर्ने निर्णय भएको हो ।

प्रतिकृया

Add