रुपन्देहीलाई समृद्ध बनाउने योजना छ :मन्त्री बोहोरा

 सोमवार, मंसिर ४, २०७४ | onlinenews

रुपन्देही– स्वास्थ्य मन्त्री दीपक बोहोराले रुपन्देहीलाई नेपालकै नमुना जिल्ला बनाउने उद्घोष गरेका छन् । लोकतान्त्रिक गठबन्धनबाट रुपन्देही जिल्लाको क्षेत्र नं ३ का प्रतिनिधिसभाका साझा उम्मेदवार हुनुभएका मन्त्री बोहोराले लुम्बिनी अन्तराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि रुपन्देहीको आर्थिक र सामाजिक विकासले गति लिने बताए । उनले अहिले पनि विकास निर्माणका काम धेरै भईसकेको र वाँकी रहेका कामपनि छिट्टै सम्पन्न गर्ने प्रतिवद्घता व्यत्त गरेका छन् । उनले आफ्नो प्रतिस्पर्धी बाम गठबन्धनका उम्मेद्वार घनश्याम भूसालले आफ्नो क्षेत्रमा एउटा पनि विकास निर्माणको काम नगरेको आरोप लगाए । रुपन्देही जिल्ला क्षेत्र नम्बर ३ ख का प्रादेशिक उम्मेदवार हरिध्वज मल्लले बुटवल उपमहानगरपालिका वार्ड नम्बर १४, १५ र १६ मा लोकतान्त्रीक गठवन्धनको प्रचारप्रसार कार्यालयहरुको उद्घाटन तथा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए । उनले आफू स्थानीयबासी समेत भएको र स्वास्थ्य, शिक्षा तथा कृषिमा धेरै योजनाहरु ल्याएको कारणले पनि आफ्नो जित सुनिश्चित भएको बताए ।उनले आफूले जितेपछि बुटवल अमुवाको सडक विस्तारको काम तुरुन्तै गर्ने बताए ।

प्रतिकृया

Add