निर्वाचन स्वच्छ र शान्त बनाउन सबैको आयोग चाहिने प्रहरीको भनाई

 बिहिबार, मंसिर १४, २०७४ | onlinenews

बाँके– प्रतिनिधि तथा प्रदेशसभाको दोश्रो चरण अन्तर्गत मंसिर २१ गते निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेको हिरमिनियामा निर्वाचन र मानव अधिकार सम्बन्धी छलफल सम्पन्न भएको छ ।
कार्यक्रमका प्रखुम अतिथि एवं डुडुवा गाँउपालिका वडा नं. ६ हिरमिनियाका अध्यक्ष मोहनकुमार मिश्राले लामो समयको संघर्षबाट नेपाली जनताले प्रगतिशिल संविधान प्राप्त गरेको भन्दै संविधान कार्यन्वयन गर्ने माध्यम निर्वाचन भएको बताए ।
संविधान कार्यान्वयको लागि निर्वाचन अनिवार्य भएको भन्दै निर्वाचन प्रणाली विथोलियो भने राष्ट्रले ठूलो घाटा व्यहोर्नु मिश्रले बताए ।
कार्यक्रममा थर्ड एलायन्सका संघीय मानव अधिकार संयोजक प्रविणकुमार यादवले पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको र दोस्रो चरणको चुनावि सरगर्मी बढिरहेको समयमा स्वच्छ वातारणमा निर्वाचन सम्पन्न गराउन सम्बन्धित निकायलाई दबाब दिनका लागि छलफल आयोजना गरिएको बताए ।
थर्ड एलायन्सका उप क्षेत्रीय संयोजक आलम खानले जिल्लामा मानव अधिकार हनन् हुन नदिन जिल्लाका सुरक्षा निकायसँग भेटघाट निरन्तर जारी रादिएको बताए ।
मानव अधिकार सुनिश्चित गर्न निर्वाचन सम्बन्धि हरेक क्रियाकलापहरु मानव अधिकारबाट निगरानी गरी नागरिक अधिकार सुनिश्चित गर्ने उनले बताए ।
५ नम्बर प्रदेशका केही जिल्लामा उम्मेदवार लक्षित बम प्रहारजस्ता घटनाहरु घट्नुले राष्ट्रि तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सुरक्षा अवस्थामा चाँसोको विषय भएको पनि उनले बताए ।
इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रहरी नायब निरीक्षक प्रशुराम केसीले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सुरक्षा संयन्त्रहरु सक्रिय भएर लागेको बताउदै खुल्ला सीमानाका कारण केही चुनौति भएको भन्दै नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त सीमा गस्ती र चेक जाँच बढाएको बताए ।
प्रहरीले सिके राउतको समर्थक भन्दै सर्वसाधारणहरुलाई नियन्त्रणमा लिने र बन्दी बनाउने कार्य गरिरहेको भन्दै स्थानीले विरोध गरेका थिए । प्रहरीले सिके राउतको समर्थकको नाममा हिरमिनियाबाट पक्राउ गरेका बेदप्रकाश सिहं कुनै पनि संगठनमा आबद्ध नभएकोले तत्काल रिहाई गराई निर्वाचनमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न स्थानीयले माग गरेका थिए ।
राई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) उप क्षेत्रीय कार्यालय नेपालगञ्ज र डुडुवा गाँउपालिका–६ हिरमिनियाले संयुक्त रुपामा आयोजना गरेको कार्यक्रममा स्थानीय सञ्चारकर्मी, सामाजिक अगुवा, प्रहरी र स्थानीय निकायका पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add