प्राविधिकसहितको टोलीले गर्यो खुर्कोट पुलको निरीक्षण
शुक्रबार, अशोज १८, २०८१
खाँडादेवि गाउँपालिका वडा नं ४ माडी मुहानको कुलो नजिक दुईवटा पिपलको बोट छ । पिपलको फेदमा सिमेन्टले ढलान गरेको चौतारो । भटौली खोलाबाट माडी मुहान हुँदै रजगाउँ फाँटमा बाह्रै महिना कुलोभरी पानी बगिरहन्छ । भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचारमा टाँगिएका झण्डाले पिपल चौतारी बेहुली झैं सिंगारिएको छ । पिपल चौतारोमा प्रायः गाउँभरीका बुढापाका गफिएर बस्छन् । चौतारो वरपरका चारवटा किराना र चिया पसल मध्यको एउटा चिया पसल हो, हरिबहादुर पौडेलको ।
चौतारोमा बुढापाका गफिएर बस्दा हरिबहादुरलाई भने एकैछिन पनि फुर्सद छैन । २०५७ सालदेखि चिया पसल सुरु गरेका हरिबहादुरको पसल बन्द हुने अवस्थामा पुगेपछि उनको मेहेनतबाट प्रभावित भएका स्थानीय शिक्षक केदारप्रसाद प्रसाइले पाँच हजार रुपैयाँ ऋण दिए । त्यही ऋणबाट पसललाई निरन्तरता दिएका हरिबहादुर अहिले लखपति बनेका छन् ।
चिया पसल उनको दैनिकी मात्र नभएर परिवारको सबै आधारभूत आवश्यकता पुरा गर्ने माध्ययम समेत बनेको छ । चिया बेचेरै उनले सानो घर सहितको नौ आना जग्गा समेत जोडे । १२ वर्ष अघि दुईलाख पचास हजारमा जोडेको जग्गामा अहिले उनले अर्को ४ कोठे पक्की घर समेत बनाएर भाडामा लगाएका छन् । नयाँ घरबाट अहिले उनी मासिक ११ हजार भाडा असुल्छन् भने पूरानो घरमा चिया पसल चलाउँदै आएका छन् ।
लामो समयदेखि चिया पसल सञ्चालन गर्दै आएका हरिबहादुर पछिल्लो समय तरकारीको ठेकेदार समेत बनेपछि चिया पसल भने उनको श्रीमतिको जिम्मामा छ । पहिले चियाबाजेको नामले चिनिने हरिबहादुरले अहिले तरकारी ठेकेदारको पहिचान समेत बनाएका छन् ।
हाल उनले गाउँको दुई वटा विद्यालय भवन निर्माणमा खटिएका १ सय ५० जना कामदारलाई दैनिक रुपमा तरकारीको ब्यवस्था गर्ने ठेक्का पाएका छन् ।
उनको ठेक्काअनुसार आवश्यक तरकारी गाउँकै कृषकबाट लिने गरेका छन् । गाउँमा उत्पादन भएको तरकारीले नपुगेमा मात्र मन्थलीबाट लाने गरेको उनी बताउँछन् ।
हरिबहादुर तीन छोराका बुबा हुन् । उनका तीन वटै छोरा काठमाडौंमा बसेर पढ्छन् । गाउँमा दुःख गरेर छोराहरुलाई राम्रै ठाउँमा पढाउन सकेकोमा दंग छन् हरिबहादुर । माइला छोरा कोरियन भाषा परीक्षा पास गरेर दक्षिण कोरिया जाने तयारीमा छन् । अब हरिबहादुरको आशा छोरा कोरिया पुगेर कहिले पैसा पठाउला भन्ने छ । छोरा कोरिया पसे घर बनाउँदा लागेकोे १० लाख रुपैंया ऋणबाट मुक्ति पाइनेमा विश्वस्थ छन् उनी ।
हरिबहादुरको चिया पसलबाट दैनिक कम्तीमा दुई हजारदेखि पाँच हजार सम्मको चिया बिक्री हुन्छ । गाउँकै भैंसीको दुधबाट चिया बनाउने हरिबहादुरको तीन चौके अगेनामा पाक्ने चिया निकै स्वादिलो छ । त्यसैले उनका पसलमा चिया खाने ग्राहकको भिड लागिरहन्छ । चिया पसलसँगै किराना पसल पनि चलाएका छन् उनले ।
चिया पसलबाट मात्रै दैनिक कम्तीमा दुई हजार नाफा कमाउने बताउँछन् उनी । भनिन्छ मान्छेलाई पैसाले कहिल्यै डकार आउँदैन । चिसा र किराना पसल हुँदै तरकारी ठेकेदार समेत बनिसकेका उनी त्यतिले पनि नपुगेर कुखुरा पालन र तरकारी खेती गर्ने तयारीमा छन् ।
छोरा कोरीया नगए पनि व्यवसायबाट कमाएको पैसाले एक वर्षभित्रमा घर बनाउँदा लगेको ऋण चुक्ता गर्ने धोको छ उनको ।
हरिबहादुरको चिया पसलको निकै बयान सुनेका थियौं । त्यो बयानले हरिबहादुरको अगेनामा उम्लिएको चिया पिउने तलतल निकै जागेको थियो । आफ्नो कामको ब्यस्ततालाई पञ्छाउँदै एक दिन चिया पिउनकै लागि उनकोमा जाने निधो गरियो ।
हामी त्यहाँ पुग्दा उमेरले पाको जस्तो देखिने हरिबहादुर फुर्तिका साथ अँगेनामा चिया उमाल्दै गरेको पहिलो दृष्य आँखामा कैद भयो । उनको चिया पसल अगाडिको चौतारामा केहि पाका बृद्धहरु गफिदै थिए । गफिँदै गरेका बृद्धहरुको तस्बीर हामीले क्यामेरामा कैद ग¥यौंं । अनि चियाको अर्डर पनि । हरिबहादुरले हाँसेर हाम्रो प्रस्ताव स्वीकार्दै भने एकैछिन है, भैहाल्छ । अनि सुनायौ हामी आउनुको कारण । हाम्रो कुरा
सुनेर उनी दंग परे । उनी हामीसँगै गफिँदागफि
दै कत्ति छिट्टै चिया बोकेर आए, हामीले पत्तै पाएनौं । साँच्चिकै चिया बयान गरेजस्तै स्वादिलो थियो । हामी चियाको चुस्कीसँगै बाजेसँग गफमा ब्यस्त थियौं । त्यसैबेला एकजना कृषकले धोक्रोभरी माल्पू केरा बोकेर आए । उनले त्यो केरा आफ्नै बगैँचामा फलाएका थिए । हरिबहादुरले हाम्रो प्रश्नको उत्तर फर्काउँदै कृषकले धोक्रोमा ल्याएको केरा पसलमा राखिएको नाङ्लोभरी फिजाए । उनले नाङ्लो माथि केरा फिजाएका मात्र के थिए, ग्राहकले चारैतिबाट घेरीहाले !
उनकै मूल्यमा नाङ्लोमा फिजाएको केरा टापटिप पारे ग्राहकले । १ सय ९८ कोसा केराबाट कृषककै अगाडि छिनभरमै २ सय ४५ रुपैयाँ नाफा कमाइहाले उनले । उता कृषक भने आफ्नो उत्पादनले मूल्य
पाएकोमा दंग थिए ।
प्रतिकोसा साँढे १२ रुपैयाँमा बिक्री गरेको केराबाट २ सय ४५ रुपैयाँ उनले खल्तीमा हाले र १ हजार ९ सय ८० रुपैयाँ कृषकलाई फिर्ता गरे ।
मेहनतले नै ५ हजार ऋणबाट आपूmलाई लखपति बन्ने प्रेरणा मिलेको बताउँने हरिबहादुर वैदेशिक रोजगारमा जाने युवाहरु सीप नसिकी र केही नबुझी जाँदा समस्यामा परेको बताउँछन् ।
खाडी र मलेसिया जस्ता देशमा गएर दुःख गर्नुको साटो आफ्नै देशमा व्यवसाय गर्ने हो भने परिवारसँगै बसेर आफ्नो घरमा पाकेको खाएर विदेशको जतिकै कमाई गर्न सकिने उनी बताउँछन् । युवाहरु छोटो समयमै धेरै कमाउने लालचमा पर्दा अधिकांशले भएको सम्पत्ति पनि गुमाउनु परेको उनको बुझाई छ ।