हलुवाबेद बोटमै कुहिन थालेपछि कृषक चिन्तित

 शुक्रबार, पुस ७, २०७४ | onlinenews

रामेछाप । फलपूmल जातमा पर्ने हलुवाबेद पाकेर बोटमै झर्न थाल्दा पनि बिक्री नभएपछि रामेछाप जिल्लाको मन्थली नगरपालिका १३ फुलासीका हलुवाबेद कृषक चिन्तित भएका छन् ।
बजारको अभावमा लटरम्मै पाकेको हलुवाबेद बिक्री नहुँदा रुखमै कुहिएर झर्न थालेपछि हलुवाबेद कृषकहरु चिन्तित भएका हुन् । रुखमा पहेलैं भएर पाकेको हुवाबेद बिक्री नभएपछि त्यसै खेर जान थालेको छ ।
बजारको अभावमा बिक्री गर्न नसकिएको कृषकको गुनासो छ । बोटमा एकै पटक पाक्ने भएकाले हलुवाबेदको भण्डार गर्न समस्या भएको र बिक्री पनि नभएपछि कसलै गाई बस्तुलाई कँुडो बनाएर दिने र कसैले हलुवाबेदबाट जाँड पकाउने गरेको कृषकको भनाई छ ।
कार्तिक महिनाबाट पाक्न सुरु गरेको हलुवाबेद पौष महिना लागिसक्दा समेत बिक्री नभएपछि त्यसै खेर जाने अवस्था रहेको कृषकहरुको गुनासो छ । मन्थली नगरपालिकाको देविटारका स्थानीले खेत तथा बारि कान्लामा हलुवाबेदको खेती गर्दै आएका छन् ।

प्रतिकृया

Add