प्रदेश ४ को उपसभामुखमा एमालेकी सिर्जना शर्मा विजयी

 आइतवार, फाल्गुन ६, २०७४ | onlinenews

पोखरा । प्रदेव नम्बर ४ को उपसभामुखमा नेकपा एमालेकी सांसद सिर्जना शर्मा चिर्वाचित भएकी छन् । आइतबार भएको मतदानमा ३८ मत ल्याएर सिर्जना उपसभामुखमा निर्वाचित भएकी हुन् ।
शर्माले एमालेका मायानाथ अधिकारीले प्रस्ताव र माओवादी प्रदेश ४ प्रमुख सचेतक गायत्री गुरुङले समर्थन उम्मेदवारी दर्ता गराएकी थिइन ।
सभामुखमा माओवादी केन्द्रबाट निर्वाचित सांसद नेत्रनाथ अधिकारी चयन भइसकेका छन् । सभामुख र उपसभामुख फरक पार्टी र फरक लैंगिक हुनुपर्ने संविधानिक प्रावधानअनुसार शर्माले उपसभामुखमा उम्मेदवारी दिएकी थिइन् ।
निर्वाचित उपसभामुख शर्माले पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर प्रदेशको समृद्धि र जनताको अधिकार प्राप्तिका लागि भूमिका खेल्ने बताएकी छन् ।
संघीयता कार्यान्वयनकै चरणमा प्रदेश सरकार निर्माण भएकाले नीति निर्माणदेखि यसको जग बसाल्ने वातावरण बनाउन आफ्नो भूमिका रहने शर्माको भनाई छ ।

प्रतिकृया

Add