प्रदेशसभा ५ को उपसभामुखमा कृष्णी थारु

 आइतवार, फाल्गुन ६, २०७४ | onlinenews

बुटवल । प्रदेशसभा ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित भएकी छिन् । थारुले ६६ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन् ।
संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले वामगठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरेका थिए । फोरमका ५ र जनमोर्चा १ जना सांसद् छन् । राष्ट्रिय जनता पार्टीका १ जना सांसद्ले सपथ ग्रहण गरेका छैनन् ।
उपसभामुखका लागि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट कृष्णी थारु र कांग्रेसकी रिना नेपाल बिकले उम्मेदवारी दिएकी थिइन ।
प्रदेश ५ को सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध चयन भएका थिए ।

प्रतिकृया

Add