रक्षामन्त्रीको रामेछाप यात्रा रोकियो

 आइतवार, चैत्र १८, २०७४ | onlinenews

 रामेछाप / सोमबार रामेछापको सैपु आउँने रक्षामन्त्री इश्वर पोखरेलको कार्यक्रम स्थागित भएको छ ।
गणेश उज्जन भुवन स्मृति प्रतिष्ठानले लिखु तामाकोसी गाउँपालिका–२ सैपुमा निर्माण गरेको स्वर्गीय गणेशकुमार श्रेष्ठ र उज्जनकुमार श्रेष्ठको शालिक अनावरण गर्न आउने कार्यक्रम तय भएकोमा अन्तिम समयमा आएर स्थगित भएको छ ।
प्रतिष्ठानले सोमबारको लागि कार्यक्रम तय गरेको भए पनि शालिक अनावरण गर्ने कार्यक्रममा माओवादी केन्द्रले असहमति जनाएपछि कार्यक्रम स्थगित गरिएको बताइएको छ ।
जनयुद्धकालमा मोआवादीद्धारा हत्या गरिएको भनिएका उज्जन कुमार श्रेष्ठको हत्या अभियागमा माओवादी नेता बलकृष्ण ढुङ्गेल अहिले जेल जीवन विताइरहेका छन् ।
उज्जनको माओवादीले हत्या गरेको भनिए पनि अहिलेसम्म उनको शव फेला नपरेको परिवारले बताउँदै आएको छ । शव नै फेला नपरेको ब्यक्तिको हत्या गरेको अभियोगमा आफ्ना नेतालाई जेल पठाएको भन्दै माओवादी कार्यकर्ताले विरोध गर्दै आएका छन् ।
आफ्नो नेतालाई जेल पठाएर माओवादीले हत्या गरिएको भनिएकै ब्यक्तिको शालिक अनावरण गर्न रक्षामन्त्री आउँन लागेकाले त्यसको विरोध गरेको नेकपा माओवादी लिखु तामाकोसी गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा हुल्दङ्गा हुने निश्चित देखिएपछि रक्षामन्त्री आउने कार्यक्रम स्थगित गरिएको हो । सो कार्यक्रममा आउने भनिएका पूर्व गृहमन्त्री जनार्दन शर्माले पनि यस अघि नै कार्यक्रममा नआउने संकेत दिइसकेका थिए ।
कार्यक्रम स्थगित भएकोमा आपूm खुसी भएको नेकपा माओवादी केन्द्र लिखु तामाकोसी गाउँपालिकाका सचिव हेमन्त पौडेल निकासले बताए । बालकृष्ण ढुङ्गेललाई जेलमुक्त गरेर शालिक अनावर गर्न आएमा आपूmहरुको विरोध नरहने पनि पौडेलले बताए ।

प्रतिकृया

Add