बालकृष्ण ढुङ्गेलललाई रिहाई गर्न माग गर्दैै उज्जन श्रेष्ठको शालिक तोडफोड

 बिहिबार, चैत्र २९, २०७४ | onlinenews

रामेछाप/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बालकृष्ण ढुङ्गेललाई रिहाई गर्न माग र्गै उज्जन कुमार श्रेष्ठको शालिक तोडफोड गरेका छन् ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ स्थित अरुणोदय माध्यमिक विद्यालयको हाताभित्र निर्माण गरिएको उज्जन कुमार श्रेष्ठको शालिक विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तोडफोड गरेका हुन् ।
जनयुद्धका हत्यारालाई छोड्दैनौं, उज्जन कुमार हत्यारा हो, बालकृष्ण ढुंगेललाई रिहाई गर, नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद जस्ता नारा लगाउँदै आएका विप्लवका कार्यकर्ताले शालिक तोडफोड गरेको स्थानीयले बताएका छन् ।
बालकृष्ण ढुङ्गेल उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेलजीवन विताइरहेका छन् ।
सो घटनाको जिम्मेवारी विप्लव माओवादीले लिएको छ । विप्लव माओवादी रामेछापका जिल्ला कमाण्डर तुफानले जनयुद्धका मुद्दा ब्यूँत्याएर बालकृष्ण ढुङ्गेललाई जेल हालेको, विद्यालयको हाताभित्र शालिक निर्माण गरेर शालिक निर्माणको नाममा विदेशी डलर कुम्ल्याएको भन्दै तोडफोड गरेको बताएकोे छ ।
यही चैत्र १९ गते रक्षामन्त्री इश्वर पोखरेलद्धारा शालिक अनावरण गर्ने कार्यक्रम तय भएको थियो तर विप्लव माओवादीका कार्यकर्ताले रक्षामन्त्री शालिम अनावर गर्न आए ढुङ्गामुडा गर्ने चेनावनी दिएपछि कार्यक्रम स्थगित भएको थियो ।
स्थानीय विवादको कारण रक्षामन्त्री आउँने कार्यक्रम स्थगित भएपछि केहीदिन अघिमात्र उज्जनकुमार श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले शालिक अनावरण गरेकी थिइन ।

प्रतिकृया

Add