फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

 मङ्लबार, बैशाख ४, २०७५ | onlinenews

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको छ ।
बढेको मूल्य अनुसार अब पेट्रोलको भाउ प्रतिलिटर १ सय ६ रुपैयाँ र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । निगमले यसअघि चैत १९ गते मात्र पेट्रोल र डिजेल तथा मट्टितेलको भाउ दुई रुपैयाँले बढाएको थियो ।

प्रतिकृया

Add