जनकपुरको विकासलाई अगाडि बढाउँन चावि मोदीलाई बुझाउने तयारी

 बिहिबार, बैशाख २०, २०७५ | onlinenews

पहिलो पटक जनपुर भ्रमणमा आउँन लागेको भारीत प्रधानमन्त्री नरेन्द्र मोलाई जनकपुर जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ ।
धार्मिक तथा ऐतिहासिक शहर भए पनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिइने मेयर लालकिशोर शाहले बताए ।
नेपाल र भारत बीचको सम्बन्धमा जनकपुरको योगदान महत्वपूर्ण रहेकोले जनकपुरको विकासलाई गति दिन भारतीय सहयोग आवश्यक रहेको मेयर शाहको भनाई छ ।
‘हामी मोदीको भ्रमणलाई कसरी भव्य बनाउने विषयमा गम्भिर छौ शाहले भने । मोदीको भ्रमण सफल पार्नुका साथसाथै जनकपुरको विकासमा भारतको सहयोगको कसरी लिन सकिन्छ, त्यस विषयमा पनि छलफल गरिरहेका छौ उनले भने ।’
अगामी ११ मई बिहान भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउने गरि प्रदेश सरकारले तयारी थालेको छ । भारतीय प्रम मोदीले हेलिकोप्टरबाटै जनकपुर आउन लागेको प्रदेश सरकारले जनाएको छ ।
मोदीसँग तीन वटा होलिकोप्टर आउँने भएकाले आवतरण गराउन फराकिलो जग्गाको आवश्यकता भएकोले स्थानीय रंगभुमि मैदानमै हेलिकोप्टर आवतरण गराउने गरि प्रदेश सरकारले तयारी गरेको छ ।
भारतीय प्रधानमन्त्री मोदी जानपुर आउँने भएपछि जनकपुर उपमहागनरपालिकाले रामानन्द चोकदेखि जानकी मन्दिरसम्म तत्काल कालोेपत्रे गर्न लागेको छ ।

प्रतिकृया

Add