राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन उद्घाटन

 आइतवार, जेष्ठ १३, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल
राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको शनिबार उद्घाटन गरिएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजीत औपचारिक कार्यक्रमकाबीच कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले महाधिवेशनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले कलाकारीता क्षेत्रको सम्बद्र्धनका लागि  राज्यले छुट्टै कानून ल्याएर ब्यवस्थापन गर्ने बताए ।
मन्त्री तामाङले कलाकारको सुरक्षाको लागि राज्यले संगीत क्षेत्रमा छुट्टै ऐन ल्याएर कलाकारहरुलाई सुरक्षाको प्रत्याभूति गराउने बताएका छन् ।
“हाम्रो कला र सस्कृति गौरवपूर्ण स्थान, कलाकर्मी उत्थानको लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ चौथो महाधिवेशनको आयोजना गरिएको हो ।
महाधिवेशन उद्घाटन सत्रमा मौलिक एवं पौराणिक पञ्चेबाजा साथै चर्चित कलाकारहरुद्वारा नृत्य हास्यब्याङ्गे कला प्रस्तुत गरेका थिए । उद्घाटन सत्रमा राजा रजेन्द्र, रमेश दुलाल ‘कागे’ राष्ट्रिय सभा सदस्य कोमल ओली लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो
महाधिवेशनको बन्दसत्र आइतबार हुने र आइतबार नै नयाँ नेतृत्व चयन हुने पनि गायक प्रकाश कटवालले जानकारी दिए ।
उद्घाटन सत्र राष्ट्रिय संगीतकर्की संघका अध्यक्ष नबराज घोरासैनीको अध्यक्षतामा भएको हो ।
महाधिवेशन उद्घाटन कार्यक्रमकाबीच राष्ट्रिय संगीतकर्की संघको स्मारिका पनि विमोचन गरिएको छ । साथै चर्चित श्रष्टाहरुलाई सम्मान समेत गरिएको छ ।

प्रतिकृया

Add