दोलखामा बोलेरो दुर्घटना, एकको मृत्यु, दुई गम्भिर घाइते

 मङ्लबार, साउन ८, २०७५ | onlinenews

दोलखा- दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–२ भिरकोटमा बोलेरो दुर्घटना हुँदा जिल्ला समन्वय समिति दोलखाका एक कर्मचारीको मृत्यु भएको छ भने इन्जिनियर सहित दुई जना गम्भिर घाइते भएका छन् ।
मंगलबार भिरकोटको माझीगाँउ नजिकैको भिरबाट बोलेरो खस्दा दोलखा जिल्ला भीमेस्वर नगरपालिकाको कुप्रि घर घई जिल्ला समन्वय समिति दोलखामा कार्यरत नायव सुव्वा मुनहरी थापाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी जिल्ला समन्वय समितिका इन्जिनियर नारायण शिवाकोटी र बोलेरो चालक गम्भिर घाइते भएका छन् । गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको किराति छाप प्रहरी चौकीका ईन्चार्ज असई बिजयप्रसाद अधिकारीले जानकारी दिए ।
दोलखा सरदमुकामवाट काठमाण्डौंका लागि छुटेको बा १८ च ५४२० नम्बरको बोलेरो मंगलबार अपरान्ह तामाकोसी दुर्घटना भएको हो ।

प्रतिकृया

Add