पत्रकार अधिकारीले महासङ्घमा स्वतन्त्र उम्मेदवारी दिने
बुधबार, मंसिर २६, २०८१
पछिल्लो समय पर्यटनका हरेक संघसंस्थामा समस्या जर्जर अवस्थामा छन् । पर्यटन व्यवसायीहरुमा एकता छैन । जसको परिणाम व्यवसायीहरुका समस्यालाई राज्यले सम्बोधन गर्दैन । देशमा अस्थिर राजनीति छ । पर्यटन व्यवसायीहरु पर्यटन प्रबद्र्धन र व्यवसायीक एकताभन्दा बढी राजनीतिको पछि दौडिरहेका छन् । व्यवसायीहरु पर्यटन प्रबद्र्धनभन्दा बढी राजनीतिमा आफ्नो भूमिका खोजिरहेका छन् । आखिर कस्को लागि र किन यसो भैरहेको छ ? तर, पछिल्लो समय व्यवसायीहरुले केही राम्रा सन्देश पनि प्रवाह गरेका छन् । भिटोफ–नेपालको सहमतिय नयाँ नेतृत्व तथा निट–नेपाल र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघबीचको एकिकरण । पर्यटन क्षेत्रको वर्तमान अवस्था, समस्या र चुनौति एवं एकिकरणपछिको नयाँ निट–नेपालको आगामी कार्ययोजनाको विषयमा नेपाल पर्यटन व्यवसायी संघ (निट–नेपाल) का अध्यक्ष दिपक महतसँग गरिको कुराकानीको सम्पादीत अंशः
नेपाली कांग्रेससँग आस्था राख्ने पर्यटनका दुई संघबीच एकिकरण भएको छ । तपाइहरुबीचको अस्थित्वको लडाइँ समापन भएको हो ?
देख्दाखेरी अस्थित्वको अडाइँजस्तो देखियो । वास्तवमा हामीमा जुन खालको विभाजन भयो त्यो विभाजन नै ठीक थिएन । किनभने, हाम्रो पाटीमा विभाजन छैन । अनि अर्को कुरा हामी हाम्रो पाटीको नेतृत्व हाम्रो लागि सर्वस्वीकार्य छ । त्यो भएको कारण यहाँ छुट्टै अस्थित्वको आवश्यकता नै थिएन ।
तर, अस्थित्वको खोजी भएर नै विभाजन भएको हो नि ?
अस्थित्वको खोजी भयो । हाम्रो जुन बैचारीक आधारमा स्थापना भएको प्रोफेशनल संघ छ, यसमा नेतृत्वप्रति विवाद छैन । पाटीमा पनि फरक अस्थित्वको खोजी छैन । यस्तो स्थितीमा हामीले अस्थित्व देखिने गरी केही गरेको भएपनि त्यसको कुनै आवश्यकता थिएन र छैन पनि ।
छनिट–नेपाल फुटेपछि तपाइहरुले हण्डर खानुभयो ।, एक–अर्कालाई न त जित्न सक्नुभयो न त हराउन सक्नुभयो ।, लड्नुभयो÷लडाउनुभयो । हार र जित नभएपछि समिक्षा गर्नुभयो र अन्ततः एक हुनुभयो ?
हामीमा आएको विभाजनले निश्चय नै हामीलाई कमजोर बनायो । विभिन्न मोर्चामा पाटीको अस्थित्वसहित हामी चुनाव लड्थ्यौँ र जित्थ्यौँ । हरेक मोर्चा र छाता संगठनमा निटका मान्छेहरुले नेतृत्व गरेका थिए । त्यो स्थितीमा विचलन आयो । तपाइले सोध्नुभएकाले यो अस्थित्वसँग जोडिएको कुरा भयो । अरुचाँही यस्तो वैचारिक धरातलमा उभिएर पर्यटन क्षेत्रमा बनेका संघसंगठनहरुका बारेमा मलाई थाहा छैन । पर्यटन विकासका लागि वैचारिक धरातलबाट पाटीलाई पर्यटनको आँखा बन्ने वा पर्यटनको वास्तविक समस्या पु¥याइदिने सरकारलाई त्यो खालको सुझाव दिने र आफैलेपनि पर्यटनको प्रबद्र्धन र विकास गर्ने उदेष्यका साथ हामीले निट–नेपालको स्थापना गरेका थियौँ । त्यसकारण त्यस्तो काम गर्न पनि हामीबीच पनि एकता नभएको कारणले गर्दा बाधाहरु सृजना भए । यस अर्थमा हामी दुःखी पनि भयौँ ।, कमजोर पनि भयौँ ।, तपाइले सोध्नुभएको प्रश्न ठीक हो ।
निट–नेपाल पर्यटन प्रबद्र्धन गर्न जन्मीयो कि राजनीति गर्न ?
तपाइको ठाउँ खाली छ भने वा ठाउँ दिनुहुन्छ भने यो अलि लामो हुन आउँछ । छोटकरीमा सबै आउँदैन । निट–नेपालको स्थापना हाम्रो चाहनाभन्दा बाहीरबाट भएको हो ।
भनेपछि, निट–नेपालको पहिलो प्राथमिकता पर्यटन प्रबद्र्धनभन्दा राजनीति छ ?
निटको स्थापना जुन वैचारिक रुपबाटै गर्नुपर्छ भन्ने हो त्यो हाम्रो चाहनाभन्दा बाहीरबाट भएको हो । किनभने २०६२÷०६३ को आन्दोलनपछि कम्युनिष्ठहरुको कम्युनिष्ठको नाममा पर्यटन क्षेत्रमा संगठनको स्थापना गरे । नेकपा माओवादी, नेवा राज्य समिति, पर्यटन ईलाका कमिटी आदी । हामी त्यतिखेर संगठित भएनौँ । जब उनीहरु संगठित हुँदैहुँदै जाँदाखेरी हाम्रा साथीहरुलाई के भयो भने ओहो उनीहरुचाँही संगठित भए, हामीलाई संरक्षित गर्दैनन् भन्ने भयो । व्यवसाय गर्दा पनि संरक्षकको आवश्यकता पर्दा रहेछ । त्यसकारण युनिटीको आवश्यकता प¥यो र निट–नेपाल जन्मायौँ । हामीले नेपाली कांग्रेस पर्यटन ईलाका कमिटी भनेनौँ । हामीले राष्ट्रिय पर्यटन व्यवसायी संघ भनेर स्थापना ग¥यौँ । यसो भनिरहँदा नाममै पनि प्रस्नालीजम देखियो ।
संगठन स्थापनामा पनि तपाइहरु प्रतिस्पर्धात्मक रुपमा उत्रनुभयो नि ?
प्रतिस्पर्धात्मकमा हामी उत्रिएनौँ । नेकपा एमालेले २०६२÷०६३ लगत्तै पर्यटन ईलाका कमिटी गठन गरे । हामीले हामीले तीन वर्ष पछि अर्थात २०६५ मा मात्र स्थापना ग¥यौँ । साथीहरुले संरक्षण चाहे । माओवादी र एमालेको नाममा संगठित भइरहँदा हामी प्रजातन्त्रवादीहरु त त्यो संगठनमा अटाउँदैनथ्यौँ । नअटाउँदा साथीहरुले पनि आफ्नै संगठनको आवश्यकता महशुष गरे । साथीहरुले संगठनको आवश्यकता महशुष गरेको तीन वर्षपछि संगठन स्थापना गर्यौँ तर उनीहरुको जस्तो आइडोलोजीको नाममा नामकरण गरेनौँ । संगठन स्थापना गरेपछि हामीले पेशागत हक, हितका कुराहरु उठाउन थाल्यौँ । जसको कारण जेटिसीसीको आन्दोलन भयो । जतिखेर पर्यटन बोर्ड अस्तव्यस्त थियो । जेटीसीसीको आन्दोलनको कारण पर्यटन बोर्ड आजको अवस्थामा आएको छ । अर्को कुरा व्यवसायीका मागहरु वा हक, हित र अधिकारलाई सम्बन्धित निकायमा पु¥याउने प्रयास गरेका छौँ । भूकम्प आएर देश अस्तव्यस्त भएको अवस्थामा लाङटाङको बारेमा पर्यटनको क्षेत्रबाट कसले गर्योभन्दा निटलेमात्र गर्यौ । पर्यटनमा धेरै संघसस्थाहरु छन् । तर, त्यो अस्तव्यस्त अवस्थामा कतिले खटे ? त्यसकारण बैचारिक धरातलमा उभिएर पनि पर्यटनको क्षेत्रमा तपाइहरुले के गर्नुभयो भन्दा गरेका छौँ ।
ममनिट–नेपाल स्थापनादेखि अहिलेसम्म पर्यटन प्रबद्र्धनमा हामीले कति भूमिका खेलेका छौँ भनेर राम्ररी समिक्षा गर्नुभएको छ ?
गरेका छौँ । राम्ररी गर्ने कुरामा के हुन्छ भने आधारभुत रुपमा तपाइले चाहेर पनि नेपालमा पर्यटन प्रबद्र्धन गर्ने आधार कति छ ? किनभने, नेपालमा पर्यटक भित्र्याउने राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको अवस्था के छ ?, विमानस्थलको अवस्था के छ ?, क्षेत्रीय विमानस्थल के छ ?, पञ्चायतकालमा बनेका विमानस्थलहरु अहिले सञ्चालनमा ल्याउने स्थिती छ ? फेरि निटले पर्यटन प्रबद्र्धनमा धेरै काम गरेन भन्नुहुन्छ भने त्यो तपाइको गलत सोचाई हो ।
अहिले पर्यटनको अवस्था दर्दनाक र कारुणीक छ ?
त्यो यथार्थ हो छ ।
अहिलेको भन्दा पर्यटनमा पाटीगत संगठन स्थापनाअघि नै पर्यटनको अवस्था निक्कै राम्रो र आशालाग्दो थियो नि, होइन र ?
त्यो म मान्दिनँ । किनकि, पहिला नेपाल बन्दको कुनै सीमा थिएन तर राजनीतिक संगठनको कारणले गर्दा टुँडीखेलमा नेताहरुलाई लगेर अब हामी नेपाल बन्द गर्दैनौँ भन्न लगाएर सिक्नेचर गर्न लगाएको कसले ? त्यो पर्यटनमा भएका पाटीगत संगठनले गर्दा भएको हो । यस्ता कुरा कसैले बिर्सन हुँदैन । अर्को कुरा पर्यटन बोर्ड कुन अस्तव्यस्त अवस्थामा गएको थियो ?
त्यसो भने आज पर्यटन बोर्डमा के कायापलट भएको देख्नुहुन्छ ? के व्यवसायीहरुका हक, हित र अधिकारको सम्बोधन भएको छ ? पीपीपीको मान्यतालाई बोर्डले ने चपाइसकेको छ कि छैन ?
कम्तिमा पनि आज बोर्डमा भ्रष्टचार छैन । यदि छ भने लेख्नुहोस् हामी साथ दिन्छौँ । कुनै समय बोर्डमा डालोमा भएको पिठो मुठ्ठीमा राखेर खर्च गरेझै गरिन्थ्यो । तपाइले मेरो बुबाको सम्पत्ति भनेर खर्च गर्नुभयो भने तपाइको भाइले औँला ठड्याउँछ । तर, बोर्डमा कसैको अंश लाग्दैनथ्यो । त्यहाँको सिइओले जे मन लाग्छ त्यही गर्ने स्थिती थियो । त्यो अवस्थाबाट अहिले सुधार भएको मान्नुपर्छ तर समग्र पर्यटन क्षेत्रमा योगदान पुगेको छैन भन्नुहुन्छ भने म मान्छु । अहिले बोर्डमा भ्रष्टचार भएको छैन भनेर म ग्यारेन्टीचाँही गर्दिनँ । उन्नाईस÷बीस जहाँ पनि हुन्छ । नेपालीहरुको प्रबृत्ति यही हो । तर अहिले बोर्डमा कुनै शिर्षकमा रकम माग्दा सार्वजनिक खरिद ऐनको ख्याल गरिन्छ । बोर्डमा अदालत पुग्यो, अक्तियार पुग्यो । त्यो कसले गर्दा भएको हो ? हामी होटल खोल्ने संस्था होइनौँ ।
विभिन्न पर्यटकीय संघसस्थाहरुमा व्यवसायीक नेतृत्व पुगिराखेको छैन । जसको कारण ती संघसस्थाहरुमा समस्याहरु जर्जर र विकराल अवस्थामा सृजना भैइरहेका छन् । त्यसको प्रमुख कारण पाटीगत संगठन हो कि होइन ? किन नेतृत्वमा दलिय भागबण्डा र शक्ति समिकरणका चर्का बहशहरु चल्छन् ?, चलाउने तपाइहरु हो कि होइन ? जसको कारण चुनावमा पनि ठूलो खर्च हुने गरेको सत्य हो ।
त्यसको खर्च बढाएको छैन । किनभने, यही संगठनको कारण टानमा महेन्द्रसिंहको पालामा निर्विरोध भएको होइन ?, भिटोफमा निर्विरोध भयो कि भएन ? त्यो कुरो पनि सम्झनुपर्यो नि । संगठनहरु खर्च बढाउनेतिरमात्र लागेका छैनन् नियन्त्रण गर्न्तिर पनि लागिराखेका छन् । यी संगठनहरु जन्मनुभन्दा अघि पनि पर्यटनमा चुनाव हुन्थे र खर्च हुन्थे । त्यसकारण चुनावमा खर्च भएको दोष पाटी संम्बद्ध संघसस्थाहरुलाई नदिनुस् ।
हरेक संघसस्थाहरुमा किन दिनानुदिन समस्याहरु विकराल अवस्थामा जर्जर बन्दै गएका छन् ?, किन राज्यले सम्बोधन गर्दैन ?, व्यवसायीहरु कहिलेसम्म समस्यामा पिल्सीरहने ।
त्यो समस्या कहाँबाट आयो ? निजी क्षेत्रबाट आयो कि सरकारी क्षेत्रबाट आयो ? त्यो महत्वपूर्ण कुरा छ ।
निट–नेपाललाई अलोकतान्त्रीक र अराजकतातिर गइरहेको अवैधानिक संघ भन्ने आरोप छ नि ?
कस्ले भन्यो ? कसैले भनेकोजस्तो मलाई लाग्दैन । कसैले भन्यो भने म भन्छु, ‘भन्न मिल्दैन ।’ हामी त्यस्तो वैधानिक अराजकतामा पनि छैनौँ ।
त्यसो भए कुनैदिन किन निट–नेपाललाई केन्द्रबाट विघटनको दबाब आयो ?
केन्द्रबाट होइन, केन्द्रमा भएको कुनै व्यक्तिबाट आएको हो । हामीलाई बिघटनको दबाब दिएको गलत हो भन्ने दशवटा व्यक्ति उतारौँ । दशजनामात्र किन बीस जनानै उतार्न सक्छु ।
अन्य व्यवसायीहरुलाई तपाइहरुको संघ अवैधानिक भनेर तर्क गर्ने अर्को बलियो आधार नौं वर्ष पुगिसक्दा पनि साधारणसभा नगर्नुभएको भन्ने आरोप के हो ?
संघ स्थापना भएको नौं वर्ष भएको छैन । मैले अघि नै भने २०६५ सालमा हामी संगठित भएका भनेको छु । अर्को कुरा दर्ता भएको डेढ वर्ष भएको पनि भनिसकेँ । अब भन्नुहोस्, कहाँबाट नौं वर्ष भयो ? त्यो भन्दा अघि हामीले संगठित हुने प्रयत्नमात्र गर्यौँ । संघको नाम दिइयो, दर्ता हुन समय लाग्यो । यदि त्यो अवैधानिक भएको भए त्यतिखेर हामीलाई कारबाही गर्नुपथ्र्यौ । संगठित हुन त पाईन्छ नि ! त्यसलाई अहिलेसम्म हामीले दर्ता नै नगरेका भए पो अवैधानिक हुन्थ्यो । अहिले हामीले दर्ता गरेका छौँ । दर्ता गरेको भर्खर डेढ वर्षको अवधि पनि भएको छैन । त्यसकारण नौं वर्ष पु¥याएर यसलाई बदनाम गर्न खोज्नुहुँदैन । तपाइले पनि कसले भनेको हो त्यसको स्रोत खुलाइदिनुपर्यो ।
भनेपछि कहिले हुन्छ निट–नेपालको साधारणसभा ?
हामीले हाम्रो घोषणासभामा के भनेका छौँ भने अबको ६ महिनाभित्रमा हाम्रो अधिवेशन हुन्छ । अधिवेशन भन्दा एक महिनाअघि हामी प्रान्तीय प्रतिनिधिहरुकोसमेत उपस्थिती गर्नेछौँ र विधान संशोधन गर्छौँ । विधान कस्तो हुनुपर्छ र निटको प्रान्तको लागि कस्तो विधान आवश्यक छ भन्ने कुरामा प्रान्तबाट आएका साथीहरु जिम्मेवार हुन्छन् । प्रान्तको विधान हामी यहाँबाट बनाउन सक्दैनौँ । निटको साधारणसभा हुनुभन्दा एक महिनाअघि निटको विधानसभा सम्पन्न गर्छौँ ।
विगतदेखि राजनीतिमा र पर्यटनमा पनि तपाई खेलाडी हुनुहुन्थ्यो । एकिकरण गर्नुभयो, नेतृत्व आफैंले लिनुभयो, यो पटक गोल गर्नुभयो ?
राजनीतिमा खेल हुनसक्छ तर खेललाई कसरी बुझ्नुहुन्छ तपाई ? तपाइले पत्रकारित गर्नुभन्दा पहिलादेखि म यो व्यवसायमा छु । अब म तपाइलाई म के जानकारी दिउँ भने गोल त मैले गरेकै छु । तर अहिलेको प्र्रशंगमा भने हामी कुनै समय फुट्यौँ, फेरि मिल्यौँ यसलाई गोल गरेको भन्न मिल्दैन ।
पर्यटन व्यवसायीहरु पछिल्लो समय पर्यटन प्रबद्र्धनमा भन्दा राजनीतिमा किन बढी भूमिका खोज्नुहुन्छ ?
पर्यटन भनेको अर्थशास्त्रको एउटा पाटो हो । कुनै एउटा परिवार, समाज र राष्ट्रको अर्थनीतिलाई राजनीतिले गाईड गर्छ । तपाईको पत्रकारितामा पनि तपाईले राजनीति गरिरहनुभएको छ भने मेरो व्यवसायमा मैले किन राजनीति नगर्ने ? राजनीति मेरो अर्थनीतिभित्र पर्छ । त्यसलाई राजनीतिले गाईड गरेर यसलाई सही दिशामा लैजानुपर्ने हुन्छ । मैले अघि नै भनेँ नि ! हामी पर्यटनलाई हेर्ने आँखा हौँ । नेपाली कांग्रेसको घोषणासभामा, कांग्रेसको नीतिमा पर्यटनलाई छुटाउन हुँदैन भन्ने छ । हामी हाम्रो पाटीको पर्यटनको आँखा बनिराखेका छौँ । तसर्थ, यसलार्य अनर्थको रुपमा हेर्यौँ भने पाटी अपाङ्ग हुन्छ । पाटीले पर्यटनको बारेमा राम्रो ब्याख्या गर्न सक्दैन ।
तर, तपाई पर्यटन व्यवसायीहरुले राजनीतिमा जति भूमिका खोजे पनि तपाइहरुको पुग्ने अन्तिम गन्तव्य भनेको त पर्यटन नै हो नि ! हैन र ?
हो तर पर्यटनलाई गाईड गर्ने भनेको सांसद र मन्त्री नै हुन् । उहाँहरुले नै गल्ती गरिदिनुभयो भने पर्यटन कहाँ पुग्छ ? तसर्थ, हामी हाम्रा मन्त्री, सांसदहरुलाई त्यस्तो खुराक दिन चाहन्छौँ जुन हामीसँग जति हुन्छ उहाँहरुसँग हुँदैन । यो मैदानमा लगानी गरेर भोगेका त हामी छौँ नि !
तपाई टानको पूर्वाध्यक्ष पनि हुनुहुन्छ । अहिले टानको अवस्था पनि सन्तोषजनक छैन । अब भनिदिनुहोस् कि अहिले तपाइलाई निट–नेपालको बढी चिन्ता छ कि टानको ?
अहिले म टानको संरक्षकमात्र हुँ । तर अहिले म निटको अध्यक्ष हुँ । टानमा कांग्रेसमात्र छैन समग्र उद्योग छ । त्यसकारण जिम्मेवारी लिएको हैसियतले मलाई यतिखेर निटको बढी चिन्ता छ ।
छोटकरीमा भनिदिनुहोस्, निट–नेपाल कस्तो संघ ?
प्रजातन्त्रवादी पर्यटन व्यवसायीहरुको संगठित संस्था हो । जसले यो देशको पर्यटन प्रबद्र्धनका लागि आफै पनि सक्रिय रहन्छ र विशेष गरी आफ्नो माउ पाटी नेपाली कांग्रेसलाई पर्यटन प्रबद्र्धनको लागि औजारको रुपमा काम गर्नेछ ।
निट–नेपालप्रति तपाइहरुको त्याग र तपस्या के छ ?
स्थापना कालदेखि यसलाई समय दिएका छौँ । त्यस्तै, हाम्रो स्वआर्जनबाट केही खटाएर डोनेट गर्ने गरेका छौँ । यसको सचिवालय खडा गरेका छौँ । हामीले मानवरहित भएको, मानिसको लाश गन्हाइरहेको लाङटाङमा धुन्चेका सम्बन्धित व्यक्तिले हामीलाई तपाइहरुको जिम्मा लिँदैनौँ, हामी त्यहाँ जानुस् भन्दैनौँ भनेर भन्दाभन्दै हामी त्यहाँ गयौँ र वास्तविकता लिएर आयौँ । यो उदाहरणको रुपमा भनेको हुँ । त्याग र तपस्या भनेको के हो भन्दाखेरी यसैगरी गर्ने हो ।
तपाईका हरेक अभिव्यक्ति, माया, मोह, त्याग तपस्या हिजोको निट–नेपालसँग जोडिएका छन् । आजको नयाँ निट–नेपाल त एकिरणको आवरणमात्र हो नि ! होइन र ?
हिजो घोषणा गरेको निटले त गर्नै बाँकी छ । आवरण वा विकल्प भन्दा पनि आज देखिएको परिणाम हो ।
पाटीसँग आस्था राख्ने पर्यटनका विभिन्न संगठनहरु पर्यटन पूर्वाधारमाभन्दा बढी पाटीलाई आर्थिक पृष्ठपोषण किन गर्छन् ?
हामी पाटीका कार्यकर्ता हौँ । हामीले पाटीलाई स्वआर्जन गरेको पैसा बुझाएका छौँ ।
त्यो व्यवसायीको दायित्व हो कि पार्टीको कार्यकर्ताको दायित्व हो ?
व्यवसायीक दायित्व भन्दा त्यो अलि व्यापक कुरा भयो । हामी नेपाली कांग्रेसका सदस्य भयौँ । पाटी सञ्चालन त्यत्तिकै हुँदैन । त्यसकारण हाम्रो स्वआर्जनको केही अंश पाटीलाई बुझाउनु हाम्रो कर्तव्य हो । हामीले लुकाएर पाटीलाई दिएका होइनौँ । हामीले खुसीको साथ पाटीलाई अप्ठ्यारो परेको बेलामा दिएका हौँ । हामीजस्ता संगठनहरुले पर्यटन पूर्वाधारमा खर्च गर्ने होइन । पूर्वाधारको जिम्मा सरकारको हो ।
प्रसङ्ग बदलौँ, राष्ट्रिय राजनीति, विकासको गति र परिवर्तनलाई कसरी नियाल्नुभएको छ ?
हामी युगान्तकारी परिवर्तनको पछाडिबाट अघितर्फ बढीरहेका छौँ । यता युगान्तकारी परिवर्तनको अवसस्थाबाट अघि बढीरहेको अवस्थालाई संक्रमण काल भनिन्छ । यो संक्रमण कालमा व्यवस्थापनको जिम्मेवारी साह्रै जटिल हुँदोरहेछ । यो हाम्रो देशको इतिहासमा प्रत्यक्ष देख्यौँ, भोग्यौँ । अहिलेको स्थिती भनेको सही व्यवस्थापन नै हो । राजनीतिक नेतृत्वले अहिले सहि व्यवस्थापन गर्न सक्नुपर्छ तर कसले देखाउने ? यहाँ देशको राजनीतिलाई सहि तरिकाले नियाल्ने हो भने मानौं संसदमा गएर सुविधा लिने कुरामा सबै एक हुन्छन् । त्यस्तै, निर्वाचनपछि समानुपातिकमा थ्रेसहोल्ड राख्ने कुरामा (जिरो) प्रतिशतमा झार्नुपर्छ भन्छन् । तपाई त्यो थ्रेसहोल्डलाई दश प्रतिशतमा उकालिदिनुहोस् त के हुँदो रहेछ । जब उनीहरुको राष्ट्रिय पाटीको रुपमा अस्थित्व रहँदैन त्यसपछि धेरै सम्भावना हुन्छ । यहाँ पाटीको सङ्ख्या बढेको बढै छ । त्यसकारण व्यवस्थापन अहिले यति जटिन बनिरहेको छ । अहिले एउटा मन्त्रीपदमा पनि यति तानातान हुन्छ कि त्यसको सीमा छैन । जसको कारण व्यवस्थापनमा ज्यादै चुनौति देखा परेको छ । जसको कारण देशको अवस्था हिजोभन्दा आज बढी दयानिय बन्दै गएको छ । युगान्तकारी राजनीतिक परिवर्तन अनि त्यसले सृजना गरेको संक्रमणकाल अनि त्यस बीचमा गरिनुपर्ने व्यवस्थापन ज्यादै जटिल भयो । यो जटिल हुनुको पछाडि हाम्रा धेरै दलहरु जन्मनु रहेको छ । हामी नेपालीहरुको प्रबृत्ति पनि यसमा जिम्मेवार छ । त्यसकारण अहिलेको अवस्था सन्तोषजनक छैन ।