रामेछापको दीगो विकासका लागि संघीय सरकार प्रतिवद्ध छः मन्त्री पुन

 बिहिबार, साउन १७, २०७५ | onlinenews

 

रामेछाप– दीगो विकास र समृद्धिको लागि संंघीय सरकार प्रतिवद्ध रहेको उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बताए ।
विकाससँग सम्बन्धित कार्यालयहरु बीचमा समन्वयात्मक सम्बन्धको अभावमा विकास निर्माणको कामले सफलता पाउन नसकेको मन्त्री पुनको भनाई छ ।
रामेछाप जिल्लाले भोगिरहेको बाढि पहिरो, सडक, यातायात, विद्युत्त लगायतको समस्या समाधानको लागि केन्द्रीय सरकार प्रतिवद्ध रहेको भन्दै प्रदेश सरकार र स्थानीय तहसंग समन्वय गरेर संघीय सरकारले निर्णय गर्ने मन्त्री पुनले बताएका छन् ।
विकास निर्माणको कामलाई एकीकृत रुपमा आगाडि बढाउने गरि संघीय सरकार छलफलमा रहेको जानकारी दिदै एकीकृत विकासको लागि सरकारले योजना ल्याउँने पनि उनले बताए ।
संघीय सरकारले देशभरीका २० हजार काठका विद्युत्तका पोलहरु हटाउने निर्णय गरि सकेको बताउँदै रामेछाप जिल्लाको काठका पोलहरु पनि पूर्ण रुपमा विस्थापित हुने बताए ।
विद्युत्त आपूर्तिका लागि प्रयोग गरिएका काठका पोल भाँचिएर रामेछापमा लगातार भएका दुई वटा दुर्घटनापछि सरकारले काठको पोल विस्थापित गर्ने निर्णय लिएको मन्त्री पुनले बताए ।
रामेछाप जिल्लाको सुख्खा क्षेत्रमा लिफ्ट प्रणालीबाट खानेपानी र सिंचाईको योजनालाई एकसाथ अगाडि बढाउने तयारी भइरहेको पनि मन्त्री पुनले बताए ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा आयोजीत अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।
सुनकोशी दोस्रो र तेस्रो जलासययुक्त आयोजनाका बारेमा पनि सरकार छिट्टै निर्णयमा पुग्ने उनले बताए । जलासययुक्त आयोजनाले सिन्धुलीको खुर्कोट बजार लगायत रामेछाप जिल्लाको सदरमुकाम सहितका ठूला बजारहरु डुब्ने भएकाले आयोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा थप अध्ययन भइरहेको मन्त्री पुनको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित राजनीतिक दल र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add