रामेछापमा ट्रफिक कारबाहीबाट साउमा १० लाख राजश्व संकलन

 सोमवार, भदौ ४, २०७५ | onlinenews

रामेछाप– जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले गएको साउन महिनामा १० लाख बढी राजस्व संकलन गरेको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने १४ सय ८३ वटा सवारी तथा ढुवानीका साधन चालक कारबाहीमा परेको र उनीहरुबाट १० लाख ३७ हजार राजश्व सकलन भएको जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख असई रामेश्वर पाण्डेले जानकारी दिए ।
सम्भावित दुर्घटनालाई मध्यनजर गरि ट्राफिक व्यवस्थापनलाई कडाई गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले आर्थिक वर्ष २०७५÷०७६ को पहिलो महिना साउँमा झण्डा साढे १० लाख राजस्व संकलन गरेको हो ।
असई पाण्डेका अनुसार साउन महिनामा १६ जना मापसे कारवाहीमा परेका छन् जसमध्ये एक जनामाथि मुद्दा चलाइएको छ । सडक दुर्घटनाको जोखिमतालाई ध्यानमा राखी मापसे र सवारी तथा ढुवानीका साधनहरुको गति चेकजाँचमा अझै कडाई गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनालाई कम गर्न मन्थली नगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र तामाकोशी ढुवानी सेवा समितिले सचेतनामूलक अभियान सञ्चालन गरिरहेका छन् ।

प्रतिकृया

Add