रेविजको महामारीको आशंका गर्दै सहयोगका लागि स्वास्थ्य कार्यालयमा निवेदन

 मङ्लबार, भदौ ५, २०७५ | onlinenews

आफ्नै घरमा पालेको कुकुरलाई रेविज रोग लागेको आशंका गर्दै रामेछाप नगरपालिका–७ का उद्धबकुमार श्रेष्ठले जिल्ला जनस्वास्थ कार्यालय रामेछापमा सहयोगको लागि निबेदन दिएका छन् ।
कुकुरले आफनै घरको दुध दिने गाईलाई टोकेपछि ४ दिनमा गाइको बाछा र पाँचौ दिनमा गाइलाई टोक्ने कुकुर नै मरेको पछि रेविजको आशंकामा श्रेष्ठ जिल्ला जनस्वास्थ्य कार्यालयमा गुहार माग्न पुगेका हुन् ।
रामेछाप नगरपालिका पशु सेवा साखाको परामर्शमा कुकुर धनि श्रेष्ठले निजी खर्चमा पशु सेवा निर्देशनालयको प्रयोगशालामा मरेको बाच्छाको केही भाग परिक्षणका लागि लैजादा परिक्षणबाट रेबिज लागेको पुष्टि भएको श्रेष्ठले बताए ।
सो प्रतिबेदनको प्रतिलिपी सहित श्रेष्ठले जिल्ला जनस्वास्थ्य कार्यालयमा रेबिजको प्रकोपको रुप नलेओस भन्दै आवश्यक सहयोगका लागि लिखित अनुरोध गरेका छन् ।
रेबिजका कारण एकपछि अर्को समस्या निम्तिन थालेपछि श्रेष्ठ लगायत उनका छिमेकीहरु समेत महामारी फैलन सक्ने त्रासमा रहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयले रामेछापले निवेदन आएको हाल कार्यालयमा रेबिज बिरुद्धको सुई र दक्ष जनशक्ति नभएका कारण के–हो भन्न नसकिएको बताएको छ ।
स्वास्थ्य सेवा बिभागको महामारी तथा रोग नियन्त्रण शाखामा आवश्यक औषधी र जनशक्ति मगाइसकिएकाले निवेदकले आशंका गरेजस्तो महामारी फैलन नदिने जनस्वास्थय निरीक्षक जितेन्द्रकुमार शाहले बताएका छन् ।

प्रतिकृया

Add