स्थानीय सरकारलाई खबरदारी गर्ने कि, गुलामी ?

 मङ्लबार, माघ २२, २०७५ | onlinenews

भ्रष्टाचारी मूलुकको सूचीमा नेपाल झनझन अगाडि आइरहेको छ । अहिले नेपाल भ्रष्टाचारी मूलुकको सूचीमा प्रथम हुने होडमा दौडिरहेको छ । भ्रष्टाचार धेरै हुने मुलुकको सूचीमा गत वर्ष भन्दा नेपाल यो वर्ष अगाडि आएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशमा गरेको सर्भेमा नेपाल भ्रष्टाचार गर्ने मुलुक मध्य १२४ औं स्थानमा रहेको छ ।

यो नेपालमा अत्याधिक भ्रष्टाचार छ भन्ने उदाहरण हो । १०० पूर्णङ्गक राखेर गरिएको अध्ययनमा नेपालले ३१ नम्बर पाएको छ । यो भनेको अत्यन्तै नाजुक अवस्था हो । सर्भेमा ५० नम्बर भन्दा कम अंक प्राप्त गर्ने देशलाई धेरै भ्रष्टाचार हुने देशको सूचीमा राखिएको छ । यो तथ्यांकको आधारमा नेपाल भ्रष्टाचारले घाँटीसम्म डुविसकेको अवस्था छ ।

नेपालमा संघीय संरचना कार्यान्वयमा आएपछि भ्रष्टाचार गर्न अझ बल मिलेको छ । स्थानीय सरकारहरुले जे गतिविधि गरिरहेका छन् यसरी नै अगाडि बढ्ने हो भने आगामी वर्ष नेपालले भ्रष्टाचारको क्षेत्रमा सोमालियालाई नजित्ला भन्न सकिन्न । सबै स्थानीय तहहरुमा भ्रष्टाचार भएको नहोला तर अधिकांश स्थानीय तहका जनप्रतिधिहरु अहिले कमाउने धन्दामा लागेका छन् । यसमा स्थानीय सरकारको मात्र दोष छैन । स्थानीय सरकारको साथमा केही आपूm पत्रकार हुँ भन्ने हैसियत नराख्ने तर सञ्चारकर्मी हुँ भन्नेहरु पनि भ्रष्टाचार गर्न स्थानीय सरकारलाई उक्साइरहेका छन् । स्थानीय सरकारको चाकडी र गुलामी गर्दा ब्यक्तिगत रुपमा सञ्चारकर्मी हुँ भन्नेहरुलाई लाभ त होला तर देश भ्रष्टाचारको खडलमा डुब्दा स्थानीय सरकार र सञ्चारकर्मीहरुको मात्रै हैन जसले आपूm पत्रकार हुँ भन्ने हैसियत राख्छ उसले पनि देशमा भ्रष्टाचार हुनुको दोष खेप्नु पर्छ । किनभने भ्रष्टाचार र अनियमितता हुन नदिन खबरदारी गर्नु पत्रकार र सञ्चार संस्थाहरुको दायित्व हो ।

पछिल्लो समय सञ्चार माध्यमको नामबाट केही गुलामहरुले स्थानीय सरकारको चाकडी र गुलामी गर्ने र स्थानीय सरकारले पनि आप्mनो चाकडी गर्ने र गुलामी गर्नेलाई साथमा लिएर आगाडि बढ्ने प्रबृत्ति बढेको छ । स्थानीय सरकारका केही गुलामहरु कालोलाई सेतो र सेतोलाई कालो बनाउने कसरतमा लागेका छन् । र, गुलामहरु लगातार आफ्नो मालिकको तारिफ गरिरहेका छन् । आफ्ना गुलामहरुले आफ्नो तारिफ गर्दा मालिकले पनि आनन्द मानिरहेको छ । तर, त्यसले स्थानीय सरकारलाई लाभ भन्दा हानी नै बढि भइरहेको छ । पत्रकारको काम सरकारसँग गुलामी गर्ने होइन राम्रो कामको लागि हौसला र गलत काममा खबरदारी गर्ने हो । जसले गर्दा अनियमितता र भ्रष्टाचार रोक्न सहयोग पुगोस् ।

प्रतिकृया

Add