बिरगञ्जमा एकै परिवारका १७ जनामा कोरोना संक्रमण

 बुधबार, बैशाख २४, २०७७ | onlinenews

२४ वैशाख, बिरगञ्ज– बिरगञ्ज महानगरपालिका–३ छपकैयामा एक परिवारका १७ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । बुधबार थपिएका १७ जना (कोभिड १९) का संक्रमित बिरगञ्जको एकै परिवारका सदस्य भएको पाइएको छ ।
बिरगञ्ज महानगरपालिका–३ छपकैयाका ३६ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आइतबार पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको परीक्षण गरिएको थियो ।
उनको परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकलले जानकारी दिएको छ । संक्रमित हुनेमा दुई महिनाको शिशुदेखि ८६ वर्षका वृद्धसमेत रहेका छन् ।
संक्रमित परिवारका सदस्यहरूले भने लकडाउन घोषणा भएपछि आफूहरू बाहिर नगएको बताएका छन् । अस्पतालका अधिकारीहरू ३६ वर्षका पुरुषलाई भएको संक्रमणको स्रोत नै पत्ता नलागेको अस्पतालका अधिकारीहरुले बताएका छन् ।

प्रतिकृया

Add