दुई नम्बर प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमण

 बुधबार, बैशाख ३१, २०७७ | onlinenews

३१ वैशाख, काठमाडौं–नेपालमा हालसम्म दुइ सय १९ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । यसमध्ये एक सय ७६ जना पुरुष र ४३ जना महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म प्रदेश नम्बर एकमा ३५, प्रदेश २ मा ९६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश पाँचमा ७२ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना संक्रमित फेला परेका छन् ।
कपिलवस्तुका २२ वर्षका पुरुष र बाँके जिल्लाका ३६ वर्षका पुरुषमा संक्रमण भेटिएको छ । बुटवलमा उपचारका क्रममा रहेका २५ वर्षका पुरुष ११ औँ दिनमा र चितवनमा ६३ वर्षका महिला २६ औँ दिनमा घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको संख्या ३५ पुगेको छ ।
हालसम्म पीसीआर बिधिबाट २१ हजार तीन सय ४० जना र ६० हजार तीन सय १९ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ५७ पीसीआर परीक्षण र ६ सय ९२ वटा द्रुत परिक्षण गरिएका छन् । क्वारेन्टाइनमा १४ हजार तीन सय १३ जना रहेका छन् भने आइसोलेन दुइ सय ४५ जना रहेका छन् ।

प्रतिकृया

Add