टिआई नेपालको अनुगमनपछि ४ वर्षदेखि रोकिएको आयोजनाले पायो पूर्णता

 आइतवार, चैत्र १५, २०७७ | onlinenews
Share this

कुमार श्रेष्ठ


२०७२ सालको भूकम्पबाट अतिप्रभावित जिल्लाहरु मध्ये रामेछाप जिल्ला एक हो । वैशाख १२, १३ र २९ गतेको भूकम्पबाट रामेछाप जिल्लामा ४३ जनाको ज्यान गएको थियो । ५० हजारको हाराहारीमा निजी आवास पूर्णरुपमा क्षति भएको थियो । त्यस्तै खानेपानी आयोजनाहरुमा पनि क्षति पुग्यो । भुकम्पले क्षति पुगेको खानेपानी आयोजनाहरु मध्य एक हो सुनापति गाउँपालिका वडा नं. ४ मा सञ्चालित भष्मेखोला लिफ्ट खानेपानी आयोजनाको । भूकम्पको कारण खानेपानीको मुहान सुकेपछि सुनापति गाउँपालिका वडा नं. ४ का स्थानीय खानेपानीको अभावमा काकाकूल झै बन्न पुगे । त्यहाँ खानेपानीको लागि एक मात्र किल्प सुनकोसी नदी थियो । सुनापति गाउँपालिका–४ अन्तर्गत जुगेपानी, खान्जा र पिप्ले टोलका ७५ घर परिवारको लागि सुनकोसी नदीको पानी घण्टौ लगाएर बोक्नुको विकल्प रहेन । सुनकोसी नदीको पानी बोकेर स्थानीयले जीविकोपार्जन गर्न सम्भव नभएपछि भूकम्पपछि पुनर्निर्माण कार्यक्रम अन्तर्गत २०७४ सालमा भष्मेखोला लिफ्ट खानेपानी आयोजना सञ्चाल गरिएको थियो । २०७५ सालमा सम्पन्न गर्ने गरि लिफ्ट खानेपानी आयोजना भएपछि उत्साहित र हर्षित भएका त्यहाँका स्थानीय समयमै खानेपानी आयोजना सम्पन्न हुन नसकेपछि निरास हुन पुगे । सुनकोशीे नदीको पानी ट्यांकरमा बोकर प्रतिलिटर ४ रुपैयाँका दरले किनेर खाँदै अएका थिए । पानी किन्न सक्ने विपन्न परिवारमा मानिसहरु पानी लिन जान र आउन तीन घण्टा लगाएर गाग्रोमा पानी बोकेर खाइरहेका थिए । खानेपानी बोक्नु उनीहरुको दैनिकी बनेको थियो । घरको एकजना मानिसको काम पानी बोक्नु मात्रै थियो । तर त्यहाँका स्थानीयलाई खानेपानी खुवाउने उद्देश्यले सञ्चालन गरेको भष्मेखोला लिफ्ट खानेपानी आयोजना भने दुई वर्षदेखि अलपत्र अवस्था रहेको थियो । यसै क्रममा २०७७ साल असोज १० गते ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जिल्ला कार्यालय रामेछापको अगुवाईमा खानेपानी आयोजनाको अनुगमन गरियो । खानेपानी आयोजनाको पुननिमार्णको गुणस्तर, मापदण्ड र पारदर्शिताको अवस्थाको अध्ययन गर्ने र खानेपानी आयोजनामा कुनै प्रकारका कमजोरीहरु भएमा सुधारका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने उद्देश्यले टिआई नेपालले कन्सल्टेन्ट ईन्जिनियर सहित सामाजिक एवंम प्राविधिक रुपमा अनुगमनको व्यवस्था मिलाएको थियो । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय प्रतिनिधि, उपभोक्त समिति र पत्रकारहरुको सहभागिता अनुगमन गरिएको थियो । अनुगमनको क्रममा खानेपानी आयोजना दुई वर्षदेखि अलपत्र रहेको पाइएपछि टिआई नेपाल रामेछापले सम्बन्धित पक्षलाई ध्यानाकर्ष गराउनुका साथै स्थानीय उपभोक्तलाई समेत सचेत गराएपछि अलपत्र परेको खानेपानी आयोजनाको काम तत्काल सुरु भई करिब ६ महिनाको अवधिमा खानेपानी आयोजनाको मेन लाइनको काम सम्पन्न भएको छ भने शाखा लाइनहरुको पाइप विस्तारको काम तीब्रगतिमा भइरहेको छ । अहिले मेनलाइनबाट उपभोक्ताको लागि दैनिक दुई घण्टा पानी वितरण गरिदै आएको छ । मेनलाइनबाट भएपनि खानेपानी वितरण गर्दा उपभोक्तालाई केही राहत मिलेको छ, आगामी १ महिनाभित्र प्रत्येक उपभोक्ताको घरमा खानेपानीको धार पुग्ने उपभोक्ता समितिका अध्यक्ष मनोज केसीले बताएका छन् । दुई वर्षदेखि अलपत्र परेको खानेपानी आयोजना टिआई नेपालको पहलमा ६ महिनाको अवधिमै बस्तीमा पानी झरेपछि स्थानीयले पनि निकै खुसी भएका छन् । लिफ्ट खानेपानी आयोजना सम्पन्न होला र खानीपानी खाउँला भन्ने आशानै मरिसेको थियो, टिआई नेपालको सहयोगमा खानेपानी आयोजना सम्पन्न हुँदैछ मेन लाइनबाट भए पनि हामीले अहिले खानेपानी पाएका छौं, अब केही दिनमा घरघरको धारामा पानी झर्नेमा हामी विश्वस्त रहेको उपभोक्ता समितिका सदस्यहरुले बताए । त्यस्तै आर्का उपभोक्ता पदमबहादुर खत्रीले भने हामीले यो खानेपानी आयोजना सम्पन्न होला र पानी खान पाइएला भन्ने आशनै मारिसकेका थियौं तर हाम्रो लागि टिआई नेपाल भगवान बनेर आइदियो । टिआई नेपालले पहल नगरिदिएको भए यो खानेपानी आयोजना त्यक्तिकै सडेर जाने थियो, टिआई नेपाललाई धेरैधेरै धन्वाद छ खत्रीले खुसी ब्यक्त गरे ।

Share this

प्रतिकृया

Add