टिआई नेपालको पहलमा भूकम्प पीडितको किस्ता

 आइतवार, चैत्र १५, २०७७ | onlinenews
Share this

युवराज श्रेष्ठ


२०७२ सालको भूकम्पबाट अतिप्रभावित जिल्लाहरु मध्य रामेछाप जिल्ला एक हो । वैशाख १२, १३ र २९ गतेको भूकम्पबाट रामेछाप जिल्लामा ४३ जनाको ज्यान गएको थियो । ५० हजारको हाराहारीमा निजी आवास पूर्णरुपमा क्षति भएको थियो । भकम्पपछि भूकम्प प्रभावितहरुको जनजीवन अस्तब्यस्त भनिरहेको बेलामा नेपाल सरकारले घर निर्माणको लागि तीन किस्तामा ३ लाख रुपैयाँ अनुदान दिने ब्यवस्था प¥यो । अनुदान प्रदान गर्नको लागि भूकम्प प्रभावितको पहिचान गर्न सरकारले गाउँगाउँमा प्राविधिकहरु परिचालन ग¥यो । घरघरमा पुगेर प्राविधिकहरुले संकलन गरेको तथ्यांकको आधारमा सरकारले भूकम्प प्रभावितहरुलाई तीन लाख रुपैयाँ अनुदान प्रदान गरेको हो । घरधुरी सर्वेक्षणको क्रममा कतिपय भूकम्प प्रभावितहरु छुट्न गए भने कतिपय भूकम्पबाट प्रभावित नभएकाहरु पनि भूकम्प प्रभावितहरुको लाभग्राही सूचीमा सूचिकृत भए । कतिपय भूकम्प प्रभावितहरु अहिले पनि लाभग्राहीको सूचीमा पर्न सकेका छैनन् भने गैरप्रभावितहरुले पनि राज्यबाट तीन लाख रुपैयाँ अनुदान लिएका छन् । भूकम्प प्रभावित भएर पनि लाभग्राही सूचीमा नपरेका कतिपय प्रभावितहरुलाई ट्रान्सपरेन्शी इन्टरनेशनल नेपालले पुनर्निर्माण र पुनस्थापना कार्यमा सदाचार कार्यक्रम अन्तर्गत भूकम्प प्रभावित र पुनर्निर्माण प्राधिकरणको बीचमा पुलको काम गर्दै आएको छ । भूकम्प प्रभावित भएर पनि विभिन्न कारणले अनुदान प्राप्त गर्न नसकेका प्रभावितहरुले टिआई नेपालको सहयोगमा अनुदान प्राप्त गर्न सफल भएका छन् । ट्रान्सपरेन्शी इन्टरनेशनल नेपालको पहलमा अनुदान प्राप्त गर्न सफल हुने ब्यक्ति मध्य एक हुन रामेछाप नगरपालिका वडा नं. ४ का जयराज श्रेष्ठ ।
रामेछाप नगरपालिका वडा नं ४ का जयराज श्रेष्ठ भूकम्प प्रभावित लाभग्राही हुन् । पुननिर्माण प्राधिकरण र उनको बीचमा अनुदानको लागि सम्झौता पनि भयो । तर उनले सम्झौतापछि तत्कालनै पाउनु पर्ने पहिलो किस्ता वापतको ५० हजार रुपैयाँ १ वर्षसम्म पनि पाएनन् । लाभग्राही सूचीमा भएर पनि आपूmले अनुदान नपाएकोमा उनी चिन्तित् थिए । तर उनले आपूm लाभग्राही भएर पनि अनुदान प्राप्त गर्न नसक्नुको कारणले पत्ता लगाउन सकेनन् । टिआइ नेपालसँगको सहकार्यमा सञ्चालीत रेडियो कार्यक्रम फार्मत एक दिन उनले अनुदान नपाएर अल्मल्लिएका प्रभावितहरुलाई टिआई नेपालले सहजीकरण र पैरवि गरिदिन्छ भन्ने कुरा थाहाँ पाए र टिआई नेपालको कार्यालय रामेछापमा पुगे उनी ।
टिआई नेपालको रामेछापको कार्यालय पुगेर उनले आफ्नो गुनासो राखेपछि टिआई नेपाल रामेछापले जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछापको कार्यालयमा पुगेर खोजी गर्ने काम ग¥यो । जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछापमा खोजतलासी हुँदा सम्झौता नम्बर नमिलेको कारण जयराज श्रेष्ठले पाउनुपर्ने किस्ताको पैसा पेण्डिङमा रहेको पत्ता लाग्यो । सम्झौता नम्बर फरक परेको कारण श्रेष्ठले पैसा नपाएको पत्ता लागेपछि टिआई नेपाल रामेछापकै सहजीकरणमा उनको लाभग्राही सम्झौता नम्बर सच्याएर पहिलो किस्ता वापतको रकम प्राप्त गर्न सफल भएका छन्, भने दोश्रो किस्ताको लागि प्रक्रियामा रहेको छ ।
त्यस्तै उमाकुण्ड गाउँपालिका प्रितीका मानबहादुर विकले लभाग्राहीमा सूचीकृत हुनको लागि पटक–पटक आवेद भराए तर उनी पूर्ण लाभग्राहीमा पर्न सकेनन् । पटक–पटक लाभग्राही फार्म भरेपछि प्रवलीकरणमा उनको नाम आयो । तर उनको घर पूर्णरुपमा क्षति भएको थियो । उनको घर मर्मत गरेर बस्न मिल्ने अवस्था थिए । विकको घर पूर्णरुपमा निर्माण गर्नुको विकल्प नभएकाले टिआई नेपालले पूर्णलाभग्राही बन्नको लागि अपनाउनु पर्ने प्रक्रियाहरुको बारेमा जानकारी दिनुका साथै सम्बन्धित निकायसँग सहजीकरण गरिदिएर पूर्ण लाभग्राहीको सूचीमा पर्न सफल भएको छ । यी प्रतिनिधि घटनामात्र हो, टिआई नेपाल रामेछापले जिल्लाको यस्ता थुप्रै घटनाहरुमा सहजीकरण गरेर पीडितलाई राहात दिलाउने काम गरेको छ ।
टिआई नेपालले सहजीकरण र सहयोगको कारण आपूmले अनुदान वापतको पैसा पाएको जयराज श्रेष्ठले बताए । सम्झौता नम्बर नमिलेर पेण्डिङ रहेको पैसा समेत टिआई नेपालको सहयोगमा मैले प्राप्त गरे टिआई नेपाललाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु उनले भने । यदि टिआई नेपाल नभइदिएको भए भूकम्प प्रभावित लाभग्राही सूचीमा भएर पनि मैले पैसा पाउने अवस्था थिएन । टिआई नेपालकै कारण मैले अनुदानको रकम प्राप्त गरेको हुँ उनले भने । श्रेष्ठले भने मैले पाउँने आशा नै मासिकेको अनुदानको पैसा पनि दिलाइदियो त्यसप्रति टिआई नेपालप्रति आभारी छु ।

Share this

प्रतिकृया

Add