निष्ठा, निरन्तरता, इमान्दारिता र अनुशासनका लागि उम्मेदवारी: डा. सुमन कर्माचार्य

 शनिबार, अशोज १६, २०७८ | onlinenews
Share this

रामेछाप–रामेछापको सदरमुकाम मन्थली यतिबेला नेपाली काँग्रेसको जिल्ला अधिवेशनको माहौलले तातिइरहेको छ । प्रदेशसभा स्तरको निर्वाचन सम्पन्न भइसको छ भने जिल्ला पदाधिकारी र महाधिवेशन प्रतिनिधिको निर्वाचनको तयारी पूरा भइसकेको छ । काँग्रेसमा चुनावि सरगर्मी बढिरहेको बेला रामेछापका गरिबका डाक्टरको रुपमा परिचीत डा. सुमन कार्माचार्य पनि चुनावि मैदानमा छन् । डा. कर्माचार्य आफ्नो घोषणा–पत्र सहित चुनावि मैदानमा उत्रिएका छन् । डा. सुमन कर्माचार्यद्धारा जारी घोषणापत्रको पूरा पाठ

नेपाली कांग्रेस
चौधौ महाधिबेशन

निष्ठा, निरन्तरता, इमान्दारिता र अनुशासनका लागि हाम्रो उम्मेदवारी

आफ्नो गौरवशाली इतिहासको आरोह अवरोह पार गर्दै नेपाली कांग्रेस ७५ बर्षको आफ्नो जीवनमा आज चौधौ महाधिबेशनको संघारमा उभिएको छ । यस घडीमा नेपाली कांग्रेस स्थापनार्थ तथा लोकतन्त्रको स्थापना र अपहरण हुदा पटक पटक संघर्षको दौरानमा शहीद हुनु भएका प्रातस्मरणीय नेपालका सपुतहरुप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं ।

आजको यस घडीमा नेपाली कांग्रेसको स्थापना कालदेखि आफ्नो जीवनभर यस दलको आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादको स्थापना, समृद्धि र विकासका लागि संघर्ष गर्दै जेलनेल हतकडी कोर्राका मारहरु खप्दै हामीलाई लोकतन्त्रको न्यानो घाममा यो लोकतान्त्रिक अधिकार दिलाउने र न्याय, स्वतन्त्रता, इमान्दारिता, नैतिकता र अनुशासनजस्ता आदर्शका लागि एकटठ भएर लडिरहने प्रेरणा प्रदान गर्नुहुने जननायक वी.पी कोइराला, लौह पुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, सुवर्ण शम्शेर, गिरीजाप्रसाद कोइराला, भिमबहादुर तामांग, शुशिल कोइराला लगायत हाम्रा राजनेताहरु सबैमा हार्दिक नमन गर्दछौं । आजको हाम्रो चुनावी संघर्ष पनि यही मार्गदर्शनबाट निर्देशित भएको कुरा सम्पूर्ण महानुभावहरुमा निवेदन गर्दछौं ।

नेपाली कांग्रेसको संघर्ष बिसं २००३ देखि ०७ सम्म निरंकुश राणाशासन बिरुद्ध थियो । २००७ देखि २०१५ सम्म राजाको प्रत्यक्ष शासन बिरुद्ध हुन गयो, त्यस्तै आफ्नो १७ महिने शासनकालमा तात्कालिन सामन्ती संस्कार रहेको सामाजिक ब्यबस्था र भित्रभित्रै जनसरकार बिरुद्ध राजाको सामन्तीहरुसंगको गठजोरबाट हुन लागेको ठाडो हस्तक्षेपको बिरुद्ध लक्षित थियो, त्यस्तै २०१७ देखि २०४६ सम्म निरंकुश पञ्चायती ब्यबस्था र सर्वाधिकार निरकुंश राजतन्त्रको बिरोधमा उद्दत थियो । प्रजातन्त्र पुन प्राप्ति पछि पुनः यो संघर्ष यथास्थितिवादी, र चरम वामपन्थी बिरुद्ध हुन गयो । अब आज आएर यो संघर्ष चरम दक्षिणपन्थी, चरम उग्रवामपन्थी मात्र होईन, आफ्नै संस्था भित्रको भ्रष्ट मानसिकता, अनुशासनहिनता, अनैतिकता बिरुद्ध र राष्ट्रिय अस्मिता जोगाउनतिर पनि लक्षित हुनुपर्ने देखिएको छ ।

यसका लागि संघर्ष गर्ने एक जुझारु पुस्ता देशले खोजीरहेको बखत हाम्रो नैतिकता, इमान्दारिता र अनुशासनको धरातल भने झन खस्कदै गएको छ । आजको निर्वाचनमा यदि हामीले नेतृत्व पायौ भने पुनः त्यही संघर्षशील पुस्ता निर्माणमा बल पुर्याउन र ती हाम्रा प्यारा शहीदहरु र राजनेताहरुको कल्पना र सोचाइलाई कार्यरुपमा परिणत गर्ने सवल युवा नेतृत्वहरुको बिकास गर्ने कार्यतिर लक्षित हुने कुरामा यहाँहरुलाई विश्वास दिलाउन चाहन्छौं । हामी के दावाका साथ भन्दछौ भने हामी पनि आजसम्म त्यही निष्ठा, नैतिकता, अनुशासनका निरन्तरताबाट हुर्कदै आएका छौं । जीवनभर यसलाई कायम राख्ने प्रण पनि गर्दछौं ।

हामीलाई लाग्दछ, अहिले हामीले आफ्नो घरभित्रको अनुशासनलाई कायम राख्न नस्कदा कुन नैतिकताको बलले हामी देशको कायापलट गर्ने समाजवादी कथा हाल्न सकौला र समाजमा आर्थिक समृद्धि र अनुशासनको बिऊ उमार्न सकौला ? हाम्रो इमान्दारिता खस्केको बेला कुन साहसी मनोतागतले अरुहरुमा लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास गर्ने इमान्दारिताको खोजी गर्न सकौला ? आफैमा इमान्दारिता र अनुशासनको धरातल स्खलित भएको बेला कसरी देश र समाजलाई भ्रष्टाचार मुक्त र शुसासनयुक्त बनाउन सकौला ?

कुटनीतिक राजनीतिको अनुशासन आफैहरुबाट भंग भएको अवस्थामा कुन बैचारिक हैसियतले राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको संरक्षणको हाक पूरा गर्न सकौंला या उग्रराष्ट्रवादी चिन्तनहरुलाई परास्त गर्न सकौंला या स्वाधिनतामा आँच पुर्याउने राष्ट्रियताका मन्दविषहरुलाई प्रतिविषको औषधी गर्न सकिएला ?

यी यक्ष प्रश्नहरुको सेराफेरो र उत्तरहरुको खोजीमा नै हाम्रो उम्मेदवारी लक्षित छ । हाम्रो यो मतदानको योगदानले हामी स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सवालहरुमा नेपाली कांग्रेसको शीर उचो राख्न मद्दत गर्नेछ । हाम्रो बैचारिक र ब्यबहारिक कार्यहरु यसतर्फ परिलक्षित हुनेछ । यसबाट हामी किन्चित पछि हटने छैनौ ।

यसका लागि राष्ट्रियता र लोकतान्त्रिक समाजवादका आदर्शहरुले निर्देशित दिशा तथा बी. पी कोईरालाका विचारहरुलाई आत्मसात गर्दै नेपाली कांग्रेस रामेछाप जिल्लालाई यसका ब्यबहारिक मार्ग अनुरुप हिडाउन हामी बचनबद्ध छौं ।

प्रा.डा सुमन कर्माचार्य
पुर्व महासमिति सदस्य

को हुन प्रा.डा. सुमन कर्माचार्य ?

प्रा.डा. सुमन कर्माचार्यको जन्म २०२१ साल कार्तिक २० गते रामेछाप जिल्लाको साँघुटार बजारमा पिता ज्ञानबहादुर कर्माचार्य र माता सितादेवि कर्माचार्यको कोखबाट माहिला छोराका रुपमा भएको हो । हिमगंगा माध्यमिक विद्यालय साँघुटारबाट एसएलसी उत्तिर्ण गरेका डा. कर्माचार्यले त्रिचन्द्र कलेजबाट आइ एस्सी गरेका हुन् । आइ एस्सी उत्तिर्णपछि सोही बिद्यालयमा एक बर्ष बिज्ञान शिक्षक भएर अध्यापन समेत गराए । यसैबेला उनलाई दमको रोगले धेरै चापेपछि काठमाडौं बस्न सम्भव भएन । चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्ज मेडिकल क्याम्पसबाट हेल्थ असिष्टेण्ट उत्तिर्ण गरि उनी गाउँमै फर्किए । गाउँकै हेल्थपोष्टमा बि.सं २०४५ सालमा तीन बर्ष काम गरे र एमबिबिएस अध्ययनका लागि महाराजगन्ज क्याम्पसमा भर्ना भए । बि.सं २०५० सालदेखि तामाकोशी सेवा समिति र तामाकोशी सहकारी अस्पतालमा कार्य सुरु गरेर हालसम्म सोही अस्पतालको निर्देशकका रुपमा काम गरिरहेका छन् । तामाकोसी सेवा समितिको कार्यसमितिको सदस्य पनि हुन उनी ।
बि.सं २०६२ मा नेशनल ओपन कलेज, पोखरा विश्वबिद्यालयबाट स्वास्थ्य सेवा ब्यबस्थापन बिषयमा स्नातोकतर उत्तिर्ण गरे उनले । त्यही समयदेखि पार्टटाइम अध्यापन सुरु गरेका डा. कर्माचार्य हालसम्म सो कलेजको प्राध्यापकका रुपमा छन् । नेशनल ओपन कलेजको स्वास्थ्य ब्यबस्थापन बिभागमा बिशेषज्ञ सल्लाहकारका समेत छन् उनी । हाल तिलगंगा आखा अस्पतालबाट सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्र, रामेछापका अध्यक्ष पनि हुन । बिगत ३१ बर्षदेखि अनवरत रामेछाप र आसपासका जिल्लाको स्वास्थ्य सेवामा योगदान पु¥याइरहेका डा. कर्माचार्यले बिगत २७ बर्ष यता करिब ४ सय भन्दा बढी निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरिसकेका छन् ।
बिगत १० बर्षदेखि निःशुल्क भिडियो एकसरे सेवा प्रदान गरेका गर्दै आएका छन् । जर्मन रोटरी भोलेन्टियर डाक्टरहरुको सहयोगबाट करिब दुई करोड रुपैयाँ बराबरको अस्पतालका सामग्रीहरु, शिविर चलाउन जीप, एम्वुलेन्स, दाँत सेवा विस्तार, इमर्जेन्सी सेवाको बिस्तारमा योगदान पु¥याएका छन् । द लिटिल थिंग्स युके र हेक्सन युकेको सहायतामा ५० लाख बरावरको इण्डोष्कोपी, इको, टिएमटी मशिनहरुको ब्यबस्था गरेका छन् । यस्तै रुरल एसिष्टेण्ट नेपाल, युकेका भोलेन्टियर चिकित्सक र बिद्यार्थीहरुको सहयोगबाट अस्पतालमा सामग्रीहरुको ब्यबस्था तथा निशुल्क स्वास्थ्य शिविरलाई खर्च जुटाउँदै आएका छन् । अहिले सम्म ५ सय जना पाठेघर झरेका महिलाहरुका लागि निःशुल्क अपरेशन तामाकोशी अस्पतालमाबाट गराइसकेका छन् । ३० भन्दा बढी गरिब र जेहेन्दार बिद्यार्थीहरुलाइ नर्स, अनमी, डेण्टल, हेल्थ असिष्टेण्ट,ओभरसियर लगायत अन्य बिषयको छात्रबृत्ति प्रदान गर्नको लागि डा. सुमतले आर्थिक श्रोत जुटाएर सहयोग गर्दै आएका छन् । २ जहार भन्दा बढी बिद्यार्थीहरुको बाथ मुटुको रोग छुटयाउने जाँच, गाउँ गाउँका स्कुलहरुमा आपूैm पुगेर गर्दै आएका छन् ।
लामो सयमदेखि स्वास्थ्य क्षेत्रको सुधारको लागि योगदान गर्दै आएका प्रा. डा. सुमन कर्माचार्यले पछिल्लो समय कोरोनाभाइसरको कारण रोजगार गुमेका तथा खाना नपाएका गरिब, विपन्न मानिसहरुको लागि औषधी तथा खाद्यन्न समेत सहयोग गरेर उनी चिकित्सा क्षेत्रमा मात्र हैन समाजिक क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएका छन् । कोभिडको संक्रमण फैलिएपछि रोटरी क्लव, चुची फाउण्डेशन, अक्सिजन फर नेपाल, रेस्टोर इन्टरनेशनल जस्ता संस्थाहरुसँग समन्वय करिब ५० लाख बराबरका अक्सिजन कन्सन्टेटर, मास्क, ग्लोभस, पल्स अक्सिमिटर, नेवुलाइजर, स्यानिटाइजर, पिपिइ सेट लगाएका स्वास्थ्य सामग्री जिल्लमा रहेका अस्पताल बाहेक ११ वटा अन्य स्वास्थ्य संस्थाहरुलाई प्रदान गरे । कोभिडका कारण खाना अभाव भएका बस्तीहरुमा करिव ४ हजार ४ सय घरधुरीलाई करिब १ करोड २० लाख भन्दा बढी मुल्य बराबरको खाद्य सामग्री चुची फाउण्डेशन, ताइवान मार्फत उपलब्ध गराएका छन् ।
सन २०१४ मा स्वास्थ्य खबर पत्रिकाले प्रदान गरेको उत्कृष्ट चिकित्सक अवार्ड तथा नेशनल ओपन कलेज, पोखरा विश्वविद्यालयले यस कलेजको स्थापनाको २० वर्षमा सन सन् २००० देखि २०२० सम्मका लागि दशक सम्मान जनताको चिकित्सक र कुशल स्वास्थ्य सेवा ब्यबस्थापकका रुपमा प्रदान गरेको छ । उनलाई गरिबका डाक्टर भनेर सम्वोधन गर्दछन् ।
चिकित्सा क्षेत्र साथै सामाजिक क्षेत्रमा पनि उनी निकै अगाडि छन् । रामेछाप जिल्लामा लायन्स क्लव काठमाडांै रामेछापका संस्थापक अध्यक्ष हुन । सन २००३ मा उत्कृष्ट सभापति अवार्ड समेत पाएका थिए डां कर्माचार्यले । साथै रामेछाप जिल्ला विकास समितिले बि.सं २०६४ सालमा उत्कृष्ट चिकित्सकका रुपमा सम्मान गरेको थियो ।
एम्नेष्टी इन्टरनेशनलको रामेछाप समुह १९ का संस्थापक अध्यक्ष, मानव अधिकार तथा शान्ति समाज र रेडक्रस सोसाइटिको आजिवन सदस्य पनि हुन् डा. कर्माचार्य । उनी लेखन क्षेत्रमा पनि त्यत्तिकै संक्रिय छन् । आत्माहरु बुद्ध भए र देश दुखेको बेला दुई कविता संग्रह प्रकाशित छन् । शारदा, अभिब्यक्ति, रचना, शब्दांकुर जस्ता पत्रिकाहरुमा कविताहरु प्रकाशित छन भने कान्तिपुर दैनिकमा लेख रचनाहरु प्रकाशित छन् । स्वास्थ्य खवर पत्रिका, स्थानीय पत्रिका तथा अनलाइनहरुमा लेख रचनाहरु प्रकाशित भइरहन्छन् ।
चिकित्सा, सामाजिक, लेखन क्षेत्र साथै डा. कर्माचार्य राजनीतिक क्षेत्रमा पनि सक्रिय ब्यक्रित्व हुन् । १४ बर्षको उमेरमा नेपाल बिद्यार्थी संघमा प्रबेश गरेर बि स २०३९ सालमा कृष्णप्रसाद भटटराईबाट नेपाली कांग्रेसको सदस्यता लिएका थिए डा. कार्काचार्यले । महाराजगन्ज मेडिकल क्याम्पसको सभापति र कोषाध्यक्ष निर्वाचित भएर काम गरेका उनी नेपाली कांग्रेसको महासमिति सदस्य समेत भइसकेका छन् । वी.पी बिचारमाला उनको प्रकाशित कृति हो । समसामयिक राजनीतिक बिषयमा खरो लेख रचना प्रकाशित भइरहन्छन् उनको ।
वी.पी कोइरालाको राजनीतिक दर्शन अनुसार गाउँमा बसेको भन्न रुचाउने डा. कर्माचार्य अब जीवनको उत्तरार्धमा आफ्नो ३१ बर्षको प्राथमिक स्वास्थ्य सेवामा संलग्न भएको अनुभवले देशकै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउन काम गर्ने अवसरका पर्खाइमा छन् । यस्ता देशका निधीलाई देशको स्वास्थ्य सेवाको योजना र कार्यान्वयन, अनुगमनमा प्रयोग गर्न सके ग्रामिण भेकका गरिब जनताहरुको स्वास्थ्य सेवामा ठोस योगदान पुग्नेछ ।

डा. सुमन कर्माचार्यको राजनीतिक यात्रा

नेपाली कांग्रेसको चौधौ महाधिबेशनमा रामेछाप जिल्लाबाट खुलातर्फको केन्द्रिय महाधिवेशन प्रतिनिधीका लागि उम्मेदवार प्रा.डा. सुमन कर्माचार्य, रामेछाप नगरपालिका बडा नं ३, साँघुटार, रामेछाप जिल्ला, प्रदेश न.३

राजनीतिक संलग्नताहरुः
१. साधारण सदस्यः नेपाल बिद्यार्थी संघ, रामेछाप, २०३५
२, सदस्यः नेपाल बिद्यार्थी संघ,, त्रिचन्द्र क्याम्पस, २०३७
३. साधारण सदस्यः नेपाली कांग्रेस (तत्कालिन कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराई द्धारा) २०३९
४. संस्थापक सदस्य : सिम्रिक कला संगम (गीत, नाटक, साहित्यद्धारा राष्ट्रियता र प्रजातान्त्रिक समाजबादको प्रचारप्रसार गर्ने संस्था) ने.बि.संघ र नेपाली कांग्रेसका कार्यक्रमहरुमा गीत र संगीतको प्रस्तुती २०३९
५. ने.बि.संघ र नेपाली कांग्रेसका लागि गीतको रचना, संगीत र गायनद्धारा ने.बि.संघ जिल्ला कार्य समिति काठमाडांैको संयोजकत्वमा क्यासेठ निर्माणमा सहयोग २०३९
६. सचिवः ने.वि.संघ त्रिभुवन विश्व विद्यालय मेडिसिन क्याम्पस महाराजगन्ज एकाई समिति, २०४२
७. कोषाधक्ष्यः स्वतन्त्र बिद्यार्थी युनियन, केन्द्रिय क्याम्पस, महाराजगन्ज –ने.वि. संघबाट २०४३
८. सदस्यः सम्पादक मण्डल “सन्क्रान्ति” ने.वि.संघ केन्द्रिय समितिको मुखपत्र २०४४
९. प्रतिनिधी नेपाली कांग्रेस, रामेछापबाट, केन्द्रिय महाधिबेशन (गणेशमान सिंहको घरमा भएको, जहाबाट २०४६ सालको क्रान्तिको बिगुल फुकिएको थियो) २०४५
१०. सक्रीय सहभागिता शिक्षण अस्पताल महाराजगञ्जबाट जनआन्दोलन २०४६
११. नेपाली कांग्रेस केन्द्रिय समितिको तर्फबाट साँस्कृतिक कार्यक्रमको सह–संयोजक शहीद दिवस २०४७ को उपलक्ष्यमा नेपाली कांग्रेस र तत्कालिन बाम मोर्चाका तर्फबाट शहीद मैदान टुंडिखेलमा आयोजित सास्कृतिक कार्यक्रम २०४७
१२. “जयनेपालका गीतहरु” क्यासेट निर्माणमा सक्रिय सहयोगी (रचना र संगीत) नेपाली कांग्रेसको त्रिपुरेश्वर महाधिबेशन २०४७
१३. सम्पादक “बी.पी कोईराला विचार माला” २०४७
१४. सक्रिय सहभागी, आम निर्वाचन, रामेछाप जिल्ला क्षेत्र नं १ (नेपाली कांग्रेसका उम्मेदवारका लागि) २०४७
१५. ने.वि.संघ, केन्द्रिय समितिको प्रतिनिधि बक्ताः पहिलो बहुदलीय स्थानीय निर्वाचन सिन्धुपाल्चोक (गणेशमान सिह तथा नरहरि आचार्यको साथमा) २०४९
१६. सचिवः ने. वि. संघ, महाराजगन्ज क्याम्पस एकाई समिति २०४९
१७. सभापतिः स्वतन्त्र बिद्यार्थी युनियन केन्द्रिय क्याम्पस, शिक्षण अस्पताल महाराजगन्ज,(नेविसंघबाट) २०५०
१८. सभापतिः ने.वि.संघ, रामेछाप काठमाडौं सम्पर्क समिति, काठमाडौं, २०५०
१९. “शान्ति र स्थिरताका लागि नेपाली कांग्रेस” मध्यावधि निर्वाचनमा नेपाली कांग्रेस केन्द्रिय समितिद्धारा चुनाव प्रचारका लागि तयार पवारिएको गीति क्यासेटमा गीत, संगीत र गायनद्धारा सहयोग २०५१ (नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा तथा कमल न्यौपानेका साथमा)
२०. संस्थापक सदस्य तथा विधान निर्माण समितिको संयोजकः फोरोम फर टेक्निकल स्टुडेन्ट नेपाल, ने.वि.संघ संग आबद्ध प्राविधिक विद्यार्थीहरुको संगठन २०५२
२१. केन्द्रिय प्रतिनिधिः ने.वि संघ, केन्द्रिय समिति, जिल्ला अधिवेशन सिन्धुलीका लागि २०५३
२२. केन्द्रीय सल्लाहकारः फोरोम फर टेक्निकल स्टुडेण्ट नेपाल, २०५३
२३. सक्रीय सहभागीः स्थानीय निर्वाचन, साघुँटार गाविस, रामेछाप, २०५४
२४. संस्थापक सदस्यः समता साँस्कृतिक मञ्च (साहित्य र संगीतद्धारा राष्ट्रियता, प्रजातन्त्र र समाजवादको प्रचार प्रसारका लागि) २०५४
२५. क्यासेट निर्माण समता भाग १ नेपाली कांग्रेस नेपालगञ्ज महाधिवेशनका लागि तयार पारिएको २०५५
२६. सक्रिय सहभागी नेपाली कांग्रेस,रामेछाप जिल्ला क्षेत्र नं १, आम निर्वाचन २०५६
२७. क्षेत्रीय प्रतिनिधि, नेपाली कांग्रेस दशौं महाधिवेशन क्षेत्र नं १, साँघुटार गाविस रामेछाप, २०५७
२८. क्रियाशील सदस्य, नेपाली कांग्रेस (प्रजातान्त्रिक), साँघुटार गाविस रामेछाप जिल्ला क्षेत्र न. १, २०६२
२९. सक्रिय सहभागी ,रामेछाप जिल्ला सदरमुकाम, मन्थलीमा, जनआन्दोलन भाग २, २०६३,
३०. सक्रिय सहभागी, संविधान सभाको चुनाव, रामेछाप जिल्ला क्षेत्र नं १, २०६४
३१. सदस्यः वी.पी कोईरालाको शालिक निर्माण समिति,रामेछाप, २०६४
३१. सम्पादकः आदर्शका शिखर जननायक विश्वेश्वरप्रसाद कोईराला भाग १, २०६५
३२. संयोजकः क्रियाशील सदस्यता वितरण समिति,(केन्द्रीय सदस्य, डा.शसांक कोईरालाद्धारा अधिकार प्रत्यायोजन गर्नु भएको ) रामेछाप, २०६७
३३. महासमिति सदस्यः बाह्रौ महाधिवेशन, नेपाली कांग्रेस, रामेछाप जिल्ला क्षेत्र नं १, २०६८
३४ सदस्यः नेपाली कांग्रेस केन्द्रीय समिति, स्वास्थ्य विभाग २०६९
३५. सक्रिय सहभागीः संविधान सभाको निर्वाचन २०७०
३६. सक्रिय सहभागीः स्थानीय तहको निर्वाचन २०७३
३७. नेपाली कांग्रेसका विभिन्न प्रशिक्षणहरुमा प्रशिक्षकका रुपमा योगदान गरिरहेको

(विगत २७ बर्षदेखि रामेछाप जिल्लाको स्वास्थ्य क्षेत्र र सामाजिक सेवामा कार्य गरिरहेको र विभिन्न संघसंस्थाहरुमा संलग्न)

फोननं ९८४१ ४००२७१, [email protected]

Share this

प्रतिकृया

Add